सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लामा शारदा प्रसाद चालिसेले २०७७ सालदेखि २०८३ सालसम्म हरित स्वयंसेवकका रूपमा वन तथा वातावरण संरक्षणको क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएका छन्। वन संरक्षण, वातावरण संरक्षण, सामुदायिक वनको प्रवर्द्धन तथा वन डढेलो नियन्त्रण र रोकथामलाई प्राथमिकता दिँदै आएका चालिसेले सामाजिक तथा आर्थिक क्षेत्रमा समेत सिर्जनात्मक काम गर्दै आएका छन्।
वन तथा वातावरण संरक्षणमा सक्रियता वन डढेलोबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, जोखिम व्यवस्थापन, सुकेका पातपतिङ्गर तथा झाडी व्यवस्थापन र सामुदायिक वन उपभोक्ता समूहलाई सचेत गराउने कार्यमा उनी सक्रिय रहँदै आएका छन्। गीत–सङ्गीतमार्फत जनचेतना चालिसेले वन तथा वातावरण संरक्षणको अभियानलाई गीत–सङ्गीतसँग पनि जोड्दै आएका छन्। उनले आफ्नै शब्द तथा रचनामा गीत सिर्जना गरी आफ्नै स्वर दिएका छन्। उनका प्रमुख सन्देशमूलक गीतहरू: १. बनको माया छ – सामुदायिक वनमा आधारित गीत। २. वन जोगाउने अभियान – वन संरक्षणसम्बन्धी गीत। ३. सिन्धुपाल्चोक घुम्न जाऔँ बसमा सरर – पर्यटन प्रवर्द्धनसम्बन्धी गीत। ४. हामी आगो रोक्छौँ – वन डढेलो नियन्त्रणसम्बन्धी गीत।
यी सिर्जनामार्फत वन संरक्षण, वातावरणीय जनचेतना र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उनको प्रयास रहेको छ। सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रमार्फत रोजगारी सिर्जना वन तथा वातावरण संरक्षणसँगै चालिसेले स्थानीय स्रोतसाधनको सदुपयोग र समुदायका महिलाहरूको आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याउने प्रयास गरेका छन्। उनको पहल तथा व्यवस्थापनमा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र दर्ता गरी सञ्चालनमा ल्याइएको छ। खेर गइरहेको सालको पातलाई कच्चापदार्थका रूपमा प्रयोग गरेर दुना तथा टपरी उत्पादन गर्ने कामलाई अगाडि बढाइएको छ। यस कार्यले वनमा खेर गइरहेको सालको पातको सदुपयोग हुनुका साथै स्थानीय स्तरमा वातावरणमैत्री सामग्री उत्पादन गर्ने अवसर सिर्जना गरेको छ। विशेषगरी समुदायका आमा, दिदीबहिनीहरूलाई दुना टपरी उत्पादन तथा सालको पात प्रशोधनसम्बन्धी काममा सहभागी गराई आंशिक रोजगारीको अवसर सिर्जना गरिएको छ। यसबाट महिलाहरूको आयआर्जनमा सहयोग पुग्नुका साथै स्थानीय सीप, श्रम र स्रोतसाधनको उपयोग भइरहेको छ।
यस अभियानले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, महिलाहरूलाई आर्थिक गतिविधिमा जोड्ने र प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा प्राकृतिक सामग्रीको प्रयोग बढाउने उद्देश्य राखेको छ। समाज र प्रकृतिप्रतिको प्रतिबद्धता चालिसेको काम वन संरक्षण, गीत–सङ्गीतमार्फत जनचेतना र स्थानीय रोजगारी सिर्जनासँग जोडिएको छ। उनी प्रकृति संरक्षण र सामुदायिक विकास एकअर्काका परिपूरक भएको बताउँछन्। उनको विश्वास छ—वन जोगाउनु भनेको जीवन जोगाउनु हो र स्थानीय स्रोतसाधनको सदुपयोग गर्नु भनेको समुदायलाई आर्थिक रूपमा सबल बनाउनु हो। आगामी दिनमा पनि वन डढेलो नियन्त्रण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, महिला आयआर्जन र स्थानीय उत्पादनको विकासमा निरन्तर लागिरहने उनको प्रतिबद्धता छ।
शारदा प्रसाद चालिसे हरित स्वयंसेवक संयोजक, सिन्धुपाल्चोक सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रका व्यवस्थापक वन तथा वातावरण संरक्षण अभियन्ता एवं सन्देशमूलक गीतका शब्द–रचनाकार तथा गायक।












Leave a Reply