नवदुर्गा देवगणको गणेश चतुर्थी पूजा भोलि

भक्तपुर । नवदुर्गा देवगणको परम्परागत गणेश चतुर्थी (चोथा) पूजा यही २०८३ साल जेठ २९ गते हुने भएको छ ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाले गणेश चतुर्थी (चोथा) पूजामा सहभागी हुन सम्पूर्ण भक्तजनलाई जानकारी गराएको छ ।

संस्थाका अनुसार नवदुर्गा देवगणसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार गणेश चतुर्थी पूजा विधिपूर्वक गरिनेछ । पूजामा सहभागी भई नवदुर्गा देवगणको दर्शन तथा पूजा–आराधना गर्न सम्पूर्ण भक्तजनलाई संस्थाले अनुरोध गरेको छ ।

नवदुर्गा देवगण भक्तपुरको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको देवगण भएकाले यहाँ आयोजना हुने विभिन्न पूजा तथा जात्रामा भक्तजनको उल्लेख्य सहभागिता रहने गरेको छ ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाले धार्मिक परम्परा, संस्कृति र जात्राको संरक्षण तथा व्यवस्थापनमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *