दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचा

चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला

नबराज काफ्ले
​काठमाडौँ,कार्तिक २२

स्थानीय तहमा सुरक्षित, स्वच्छ र जलवायु अनुकुलित खानेपानी प्रणालीको दिगो सुनिश्चितताका लागि चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘सर्वोच्च परियोजना’ (Building a Water Safe and Resilient Municipality) को दुईदिने वार्षिक समीक्षा तथा रणनीतिक योजना कार्यशाला (Review and Reflection Workshop) काठमाडौँको बुढानीलकण्ठमा सम्पन्न भएको छ।

​कार्यक्रममा परियोजनाको हालसम्मको प्रगतिको विस्तृत समीक्षा गर्नुका साथै प्रस्तुत गरिएको ८ सूचक (eight-indicator framework) र रणनीतिक ‘ब्लुप्रिन्ट मोडेल’ (Blueprint Model) का आधारमा आगामी दिनका लागि एकीकृत कार्ययोजना निर्माण गरिएको छ।

​सर्वोच्च परियोजनाले विकास गरेको र स्वीडेनमा आयोजित अन्तर्राष्ट्रिय जल कार्यशालामा समेत प्रस्तुत भइसकेको ‘ब्लुप्रिन्ट मोडेल’ का विभिन्न चरण तथा आधार स्तम्भहरूमा केन्द्रित रहेर योजना निर्माण तथा समीक्षा गरिएको छ ।

ब्लुप्रिन्ट मोडेलका चरणहरु यस्ता छ्न:-

​१. स्वामित्व ग्रहण तथा संस्थागत सुदृढीकरण (Establish Ownership): नगरपालिकाको नेतृत्व, बहु-सरोकारवाला सहकार्य, वार्षिक नीति तथा बजेटमा वास (WaSH) क्षेत्रको प्राथमिकता र प्रतिबद्धता सुनिश्चित गर्ने।
​२. तथ्य र प्रमाणको सिर्जना (Generate Evidence): खानेपानी गुणस्तर परीक्षण (WQM), baseline डेटा संकलन र खानेपानीसम्बन्धी गुनासो र प्रतिपुष्टि (complaint & feedback mechanism) प्रणालीको सञ्चालन।
​३. जोखिमलाई योजनामा रूपान्तरण (Convert Risk into Plan): खानेपानी सुरक्षा योजना (WSP), Child-centered Risk Mapping र १० वर्षे नगरस्तरीय ‘वास प्लान’ (२०७५–२०८५/वास आव २०७९–२०८९) लाई वार्षिक कार्यक्रममा आन्तरिकरण गर्ने।
​४. केन्द्रित लगानी (Concentrate Investment): सेमि-IoT आधारित अटोमेटिक क्लोरिन डोजिङ प्रविधि, परम्परागत ढुङ्गेधाराको पुनरुत्थान र स्रोतको मितव्ययी प्रयोग।
​५. उपभोक्ता सुरक्षा र परीक्षण (Verify and Protect Users): खानेपानी गुणस्तर परीक्षण मिनी-ल्याब (Drinking Water Quality Test Minilab) को नियमित सञ्चालन, अटोमेटिक सेन्सरमार्फत Chlorination र स्वास्थ्य संस्था तथा विद्यालयहरूमा WaSH FIT स्तरोन्नति।
​६. माग र विश्वासको निरन्तरता (Sustain Demand & Trust): सुरक्षित पानी सम्बन्धी जनचेतना अभियान र महिला स्वयंसेविका/महिला समूह (SHGs) को संस्थागत सहभागिता।
​७. वित्त तथा सिकाइको संस्थागतीकरण (Institutionalize Finance & Learn): पालिका स्तरमा WaSH Unit लाई बलियो बनाई योजना र बजेट निर्माणको पूर्ण अधिकार दिने र KPI निर्धारण गर्ने।
​८. सुनिश्चितता र प्रमाणीकरण (Assure, Certify & Recertify): सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि न्यूनतम आधारहरू पूरा गरी वार्षिक रूपमा पुनःप्रमाणीकरण (Recertification) गर्ने।

चाँगुनारायण नगरपालिका,​​वातावरण र जनस्वास्थ्य संस्था (ENPHO), वाटरएड (WaterAid) को त्रिपक्षीय सहकार्यमा सञ्चालित यस कार्यक्रमले नगरभित्रका १२ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूसँग प्रत्यक्ष काम गरिरहेको छ।

​समुदायलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न ​खुला दिसामुक्त समुदायको निरन्तरता,​समावेशी, पारदर्शी र सक्रिय उपभोक्ता समिति ,​मुहानदेखि उपभोक्ताको घर धारासम्म सुरक्षित खानेपानी वितरण,​हरेक घरमा छुट्टै धारा र सफा भाँडोमा सधैँ पानी छोपेर राख्ने बानी ,​राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार नियमित परीक्षण (हाल नगरपालिकाको ल्याबमा १९ मध्ये १४ प्रमुख प्यारामिटर परीक्षण भइरहेको),​सुरक्षित खानेपानी आपूर्तिमा उपभोक्ताको सन्तुष्टि र उपभोक्ता समिति तथा स्थानीय तहबीच formal MoU/सम्झौता लगायतका न्यूनतम आधारहरू निर्धारण गरिएको नगरपालिका श्रोतबाट अवगत भएको छ ।

​कार्यक्रममा बोल्नुहुने नगर नेतृत्व, विषयगत अधिकारी तथा प्रतिनिधिहरूले योजना कार्यान्वयन र प्रविधि अपनाउने कुरामा ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख जीवन खत्रीले नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्था, चुनौती र १० वर्षे ‘वास प्लान’ (WASH Plan) लाई वार्षिक बजेट तथा नीतिमा समायोजन गर्दै लैजाने भावी रोडम्याप प्रस्तुत गर्नुभयो ।

​प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले स्वागत मन्तव्य
राख्दै समीक्षा कार्यशालाबाट निर्देशित योजना तथा कार्यसूचीहरूलाई नगरपालिकाको प्रशासनिक एवं व्यवस्थापकीय क्षमता प्रयोग गरी शतप्रतिशत कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
​
शिक्षा शाखा निर्देशक जनार्दन रिजालले विद्यालय WASH FIT र ३-स्टार स्तरोन्नतिमार्फत बालबालिकाहरूमा सरसफाइ र सुरक्षित पानीको संस्कार बसाल्न शिक्षा शाखा लागिपर्ने बताउनुभयो ।

​वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले वडास्तरमा खानेपानी उपभोक्ता समितिहरूलाई क्रियाशील बनाउँदै मुहान संरक्षण, जनचेतना र नियमित बुथक्याम्पमार्फत गुणस्तर जाँच अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
​
सहयोगी संस्था ​इन्फो (ENPHO) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकाले प्रविधियुक्त खानेपानी व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गर्दै स्थापित खानेपानी गुणस्तर मिनी-ल्याबको दिगो सञ्चालन र प्राविधिक सहयोगमा इन्फो निरन्तर रहने स्पष्ट पार्नुभयो।

​इन्फोका परियोजना कन्सल्टेन्ट सुरेन्द्र लामिछानेले ८ सूचकयुक्त ‘ब्लुप्रिन्ट मोडेल’ (Blueprint Model) र IoT बेस्ड अटोमेटिक सेन्सर मेसिनको प्रयोगले खानेपानी सुरक्षालाई वैज्ञानिक बनाएको बताउँदै यस मोडललाई अन्य पालिकाहरूमा पनि विस्तार (Replicate) गर्न सकिने धारणा राख्नुभयो ।

​वाटरएडका प्रोग्राम म्यानेजर सर्वज्ञ श्रेष्ठले राष्ट्रिय NWASH प्लेटफर्ममा नगरपालिकाको डाटाबेस र १० वर्षे वास प्लान प्रविष्ट भइसकेकाले योजनाबद्ध बजेट विनियोजनमा सहजता आउने उल्लेख गर्नुभयो ।

वातावरण क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका वातावरण अभियन्ता ​नबराज काफ्लेले सुरक्षित खानेपानी नागरिकको आधारभूत स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले यस्ता समीक्षा कार्यशालाले नीति निर्माता, प्राविधिक संस्था र नागरिक समाजबीच बलियो सहकार्य स्थापित गर्ने उल्लेख गर्नुभयो।
​
​दुईदिन लगाएर सम्पन्न भएको कार्यशालामा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा नगरपालिकाका नौ वटै वडामा WASH कमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

​स्वच्छ खानेपानी र स्वच्छता नागरिकको मौलिक हक हो । चाँगुनारायण नगरपालिकाले अपनाएको ‘ब्लुप्रिन्ट मोडेल’, IoT प्रविधिको प्रयोग र १० वर्षे वास प्लानको कार्यान्वयनले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *