भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ रोहितले पद र पैसाको पछि नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टी निकटको नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिले प्रकाशन गरेको कामदार बुलेटिनको आज भक्तपुरमा विमोचन गर्नुहँुदै उहांँले इमान्दारिताका साथ देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो । कामदार बुलेटिनको वर्ष १२, पूर्णांक ६ कार्तिक २०८३ को विमोचन गरिएको थियो ।
विजुक्छेँले नेता हुँंदैमा सवै ठिक नहुने बताउनुभयो । इमान्दारिता नभएको नेता जतिसुकै ठुलो भए पनि त्यसको कुनै अर्थ नहुने उहाँंले बताउनुभयो । उहाँंले इमानमा नवस्ने जोकोहीको पनि कुनै मूल्य नरहने बताउनुभयो ।
उहाँंले पार्टीका कार्यकर्ताहरु अनुशाशनमा रहनुपर्नेमा पनि जोड दिनुभयो । पार्टीले दिएको निर्देशन अनुसार कार्यकर्ता चल्नुपर्ने उहाँंको भनाई थियो । अनुशाशनमा नरहेकै कारण पछिल्लो निर्वाचनमा पार्टीले क्षति व्यहोर्नुपरेको विचार उहाँंले व्यक्त गर्नुभयो । पछिल्लो निर्वाचनमा निरन्तर विजयी हासिल गर्दै आएको भक्तपुर निर्वाचन क्षेत्र नं १ मा समेत पराजय व्यहोर्नुपरेको थियो । उक्त निर्वाचनमा पार्टी पार्टी केन्द्रिय सचिव प्रेम सुवाल उम्मेदबार हुनुहुन्थ्यो ।
कार्यक्रम आयोजक संघका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा आयोजक संघका केन्द्रिय उपाध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल, श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले पनि बोल्नुभएको थियो । कार्यक्रममा आयोजक संघका उपाध्यक्ष विक्रम ढुकुछूले स्वागत गर्नुभएको थियो भने कार्यक्रम आयोजक संघका सचिवले सञ्चालन गर्नुभएको थियो ।












Leave a Reply