विनायकमा तीज विशेष एकल नृत्य प्रतियोगिता

भदौ २८ गते आइतबार मध्यपुर थिमी, भक्तपुर/मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन स्कुलले हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा एकल नृत्य प्रतियोगिता २०८३ सम्पन्न गरेको छ । विनायक शिक्षा निकेतन ई. स्कूल मध्यपुर ठिमी, भक्तपुरले हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रा परम्परा र चाडपर्व सम्बर्द्धन अनि संरक्षणमा विद्यार्थीहरुलाई प्रेात्साहन गर्ने उदेश्यले विविध कार्यक्रम गर्दै आएकोमा महिलाहरुकाे विशेष पर्व हरितालिका तीजको अवसरमा प्रतियोगितात्मक एकल नृत्य कार्यक्रमको आयोजना गरेको हो । मौलिक संस्कृतिको सकारात्मक सन्देश दिने सांस्कृतिक पर्वहरुको संरक्षण र प्रवर्द्धन तथा यी यस्ता पर्वहरुको मूल्य र महत्व दर्शाउन उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराए । तहगत रुपमा प्रतियोगितात्मक हिसाबले सञ्चालन गरिएको प्रतियोगितामा जुनियरतर्फ मानवी श्रेष्ठ प्रथम भइन् भने क्रमशः रुबी प्रजापति र पुर्णिमा मिश्र दोस्रो, तेस्रो स्थान प्राप्त गर्न सफल भइन् । त्यस्तै यस्तै सिनियर तर्फ आरजु ढुंगानाले प्रथम स्थान हासिल गर्दा सिंथिया बादेले दोस्रो, लियाना बस्नेत र श्रिया देउलाले तेस्रो पुरास्कार प्राप्त गरे । प्रतियोगितामा निर्णायकका रूपमा लामने समयदेखि नेपाली माैलिक लाेक नृत्यकाे क्षेत्रमा अनवरत सक्रिय वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्दले जिम्मेवारी निभाएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सियल सुरेन्द्रविक्रम प्रजापतिले साँस्कृतिक विविधता भएको हाम्रो देश नेपालका सांस्कृतिक पर्वहरूलाई संस्कृतिको रुपमा मनाउनु पर्ने, संस्कृतिको माध्यमबाट आफ्नो मौलिकता, पहिचान र परम्परा वारे ज्ञान दिने उत्पादनशील कार्यहरू विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए। कार्यक्रम विद्यालयका शिक्षिका यमुना प्रजापतिकाे संयाेजनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *