भक्तपुर, कार्तिक ५ गते। जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ने.सं. ११०० देखि सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको ४६ औं तःमुंज्या कार्तिक ६ र ७ गते सभ्य र भव्यता रुपमा सम्पन्न गर्नको लागि सम्पूर्णमा शुभकामना सहित सहभागिताको लागि आह्वान गर्दै आज तःमुंज्या आयोजनास्थल गोमारी याताबाट सुकुन्दा ¥याली सुरुभइ सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र आयोजक समितिका अध्यक्ष उकेश कवांबाट संयुक्त रुपमा सुकुन्दामा दीप प्रज्वलन गरी सुरुभएको सुकुन्दा ¥यालीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तःमुंज्या सभ्य र भव्य रुपमा सफल पार्नको लागि सुकुन्दा ¥याली प्रत्येक वर्ष आयोजना गरिन्दै आएको र यो सबैको लागि एउटा चाँद पर्व जस्तै भक्तपुरको संस्कृतिमा थप आयामको रुप लिइसकेछ भन्नुहुँदै सम्पूर्णले हर्षोलासका साथ मनोरञ्जनपूर्ण तवरले सहभागि भइदिनु हुन अनुरोध गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या सम्पूर्ण जनताको साझा दबु भएकोले यसमा हरेकको जनपक्षीय साहित्य र सांस्कृतिक विधाहरुलाई कुनै भेदभावविना समावेश गराइँदै आएको छ । यो साहित्यिक अभियान मात्र नभइ वर्गीय र राजनीतिक विचारबाट समेत प्रेरित भइ सञ्चालनमा रहेको दबु हो भन्नु हुँदै यसको सफलताको निम्ति व्यापक प्रचार प्रसार गर्ने र सम्पूर्ण नेपालीहरुप्रति शुभकामना व्यक्त गर्न आजको सुकुन्दा ¥यालीको आयोजना गरेको हो भन्नुभयो । आजको सुकुन्दा सहितको भिन्तुना ¥यालीको लागि सम्पूर्णलाई सहभागिताको आह्वान गर्नुका साथै उहाँले कार्तिक ६ र ७ गते विहान ११ बजेदेखि सुरु हुने ४६ औं तःमुंज्यालाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण महानुभावहरुले आ–आफ्नो तर्फबाट आर्थिक भौतिक, नैतिक सहयोग गरी सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न अनुरोध गर्नुभयो ।
सुकुन्दा ¥यालीमा दिदीबहिनी तथा दाजुभाइहरुको उल्लासमय उपस्थिति तथा युवा युवतीका साथै बालबालिकादेखि जेष्ठ नागरिकहरुको व्यापक उपस्थितिले तःमुंज्याको भव्यताको शुभ संकेतको रुपमा लिइएको छ । उक्त सुकुन्दा ¥यालीमा अग्रभागमा धिमाय बाजाका साथ ठूलो आकारको सुकुन्दा खर्पनमा बोकी गोल्मढीबाट सुरुभइ गाइजात्रा पर्वको प्रदक्षिणा मार्ग हुँदै नगर परिक्रमा गरी पुनः गोल्मढी यातामा पुगि समापन भएको थियो । सुकुन्दा ¥यालीमा ख्वप लाखे आजु, सिद्धि गणेश बासुरी बाजा, महेश्वरी बासुरी बाजा खल, डम्बरेश्वर दाफा भजन मण्डलका बाजा गाजा तथा महानुभावहरुको सक्रिय सहभागिता रहेको छ ।
आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजुले समापन मन्तव्यमा सुकुन्दा भनेको स्वागत सत्कारको एक महत्वपूर्ण प्रतिक हो । आजको सुुकुन्दा ¥यालीको भव्यताले कार्तिक ६ र ७ गते दुई दिनको तःमुंज्या भव्य हुने महत्वपूर्ण संकेत हो भन्नुहुँदै सहभागि तथा सहयोगि सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभयो ।
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा ¥याली












Leave a Reply