गोमारीको यातामा दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु

भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हुँदै आएको तःमुंज्या यसवर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सुरु भएको हो ।

सम्मेलनको साँंस्कृतिक गुरु एवं जेष्ठ नागरिक मोतीबहादुर खायमलीले उदघाटन गरे । बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ । यसरी दुई दिन दुई रात चल्ने यो नेपालकै ऐतिहासिक साहित्य सम्मेलन भएको आयोजकको दावी छ ।

सम्मेलनमा आमन्त्रित तथा अतिथि साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुने कार्यक्रम रहेको थियो । साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिएको थियो । यस वर्ष पनि समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएकोे आयोजकले जनाएको छ ।

पहिलो चरणमा साहित्य वाचनका साथै विभिन्न विज्ञहरुले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न राजनीतिज्ञ, कुटनीतिज्ञ, वकिल, लेखक, पत्रकार, साहित्कार, जलश्रोत विज्ञ, कानुनविद्लगायतले आआफनो विषयबारे विज्ञताबारे चर्चा गरेका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छें, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रिय सदस्य नन्दबहादुर शाही, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलश्रोत अध्यता रतन भण्डारी, डा धनरत्न शाक्य, डा सरोज धिताल, डा तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ, कृष्णकुमार वैद्यलगायतका दर्जनौ विज्ञहरुले मन्तव्य व्यक्त गरेका थिए । पहिलो चरणको वीचवीचमा गीत संगीतमार्फत् साँंगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो । साहित्य प्रतियोगितात्मक साथै अतिथि साहित्य पनि वाचन गरिएको थियो । साथै साँंझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउँदै आएको छ । चार दशकभन्दा लामो इतिहास बोकेको सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ ।

प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी गराए ।

आज तःमुंज्याको मुखपत्रको रुपमा प्रकाशित तःमुंज्या ख्वपौंको विमोचन प्रमुख अतिथि नारायणमान विजुक्छेंले गर्नुभएको थियो भने नारायणमान विजुक्छे (रोहित) बाट लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो भने से सोही तःमुंज्या दबुलीमा युवा कवि दामोदर सुवाल, २०८२ सालके मदन पुरस्कार प्राप्त ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखिका विणा जोशी र वरिष्ठ नर्श दयालक्ष्मी जोशी (बैद्य)  विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । समानित हुनेहरुमा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी, २०८२ सालको मदन पुरस्कारक मुकुण्डो नामक पुस्तकका लेखक विणा जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा तःमुंज्या नामक स्मारिका विमोचन गरिएको थियो । पहिलो दिनको सभापति इभा कंशाकार रहेका थिए । दोश्रो दिन शनिबारको सभापति बसन्त मर्हजन रहने जनाइएको छ ।

जनकवि चन्द्रबहादुर उलकलिखित राजेश हाडाबाट संगितबद्ध र रवि हाडा, लक्ष्मण पलिखेल र साथीहरुको स्वर दिएको  र स्वागतगान र नृत्यबाट सुरु भएको ४६ औं तःमुंज्यामा आयोजक समितिका अध्यक्ष उकेश कवांले स्वागत मन्तव्य, कार्यक्रमको सभापतित्व डेन्टल सर्जन डा. इभा कंसाकारले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *