ललितपुर, वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे आठौं संस्करण अन्तर्गत स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भएकाे छ । बडा दशैं-२०८३ काे माहाैलमा ललितपुरकाे तलाछें टाेलमा आयाेजित उक्त एकल वाचन कार्यक्रममा बोडे (हाल जोरपाटी) निवासी स्रष्टा प्रेम के निडरका समसामयिक, पारिवारिक र सामाजिक परिवेशलाई समेटिएर विविध थरीका स्वाद सहितका नेपालभाषाका १५ वटा लघुकथाहरू पस्किएका थिए । ३ चरणमा बाँडिएकाे उक्त वाचित लघुकथाहरूमा वर्तमान समय, परिस्थिति, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका लघुकथाहरू सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिएका थिए । छाेटाे मिठाे कार्यक्रम अन्तर्गत स: दबू साहित्यका कबिन्द्रलाल प्रधान र सुरेन्द्र भक्त श्रेष्ठले स्रष्टा प्रेम के निडरलाई माला लगाई स्वागत गर्नुभयाे भने संयोजक सुधीर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा प्रेम के निडरलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा प्रेम के निडरकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे । स्मरणीय छ, स: दबू साहित्यले यसअघि हालसम्म सञ्चालन गरिसकेका ७ वटा संस्करणहरूमध्ये पहिलाे संस्करण स्रष्टा पूर्णराम मुनंकर्मी, दाेस्राे संस्करण स्रष्टा राजेश्वरी राजाेपाध्याय, तेस्राे संस्करण स्रष्टा अमृत रत्न शाक्य र चाैथाे संस्करण स्रष्टा अन्जना ताम्राकार पाँचौंमा रामेश श्रेष्ठकाे छैठौंमा बिमलप्रभा बज्राचार्यको एकल लघुकथा वाचन रहेकाे थियाे भने सातौं संस्करण विविध साहित्य वाचन अन्तर्गत २८ जना श्रष्टाहरुले कथा, लघुकथा, कविता,गजल, मुक्तक तथा हाइकु वाचन गरिएको थियो । साथै स:दबूकाे नियमित कार्यक्रमकाे नवौं संस्करण २०८३ मार्ग ५ गते शनिबार हुने जानकारी आयोजक संस्थाले जनाएको छ ।
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन












Leave a Reply