हाम्रा दृष्टिमा डा. इन्दुल के.सी.

डा इन्दुल केसी
सुन्दरता सबमा ह्छ तर छैन इन्दुलमा जति ।
जीवनको उत्तराधमा पनि कति धेरै जोशको गति ।। १ ।।

बिदाई लिन थाल्दै छ, उनको तनले तै पनि बल ।
माँगी रहेछ मनले सुनामी बैंशको भल ।। २ ।।

जोश छ युवकको भै, छैन थकान रत्तिभर ।
आत्माको बलले भन्छ, गर गर अनि काम गर ।। ३ ।।

गान बजान साहित्य, चौतर्फी ज्ञानका धनी ।
जाग्रण छ डा. इन्दुलमा, भन्नै पर्दछ मै पनि ।। ४ ।।

बासै बस्छ थकान मै बरु, कलम रोकिन्न ईनको गति ।
यस्ता पौरखिको गरिनसकिने, आख्यान वर्णन जति ।। ५ ।।

हाँसि खिसिक्क मुस्कान दिँदै सँधै भरि ।
यस्ता सर्जकको जीवन, चलिरहोस् यसै गरी ।। ६ ।।

ज्ञान, विज्ञान, साहित्य, कला संस्ककृतिका धनी ।
सरलता देखेपछि यीनको, मुग्द भैहाल्छ जो पनि ।। ७ ।।

कोटेश्वर प्रातः सायं हाम्रा मैत्रि समूहले पनि ।
गर्दछौ प्रार्थना यीनको युग–युग जियोस् भनि ।। ८ ।।

महाँदेवस्थानकको प्राङ्गणमा बसी रमेका छौं ।
वहाँको दीर्घ जीवनको कामना यहि गर्दछौं ।। ९ ।।
२०८३ विजया दशमि

Leave a Reply

Your email address will not be published. Required fields are marked *