बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा सम्पन्न

बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा काठमाडौंको क्षेत्रपाटीस्थित ह्वाइट हाउस लाउन्जको सभाकक्षमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष डा. मनिशरत्न बज्राचार्यको सभापतित्व तथा क्लबका संस्थापक अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा अक्षेश्वर महाविहारका अध्यक्ष राजेश शाक्य, नेपालभाषा मंकाः खलका सचिव राजा शाक्य, कार्टुनिस्ट रविन साय्‌मि लगायतको उपस्थिति रहेको थियो। सभामा क्लबका उपाध्यक्ष अल्बर्ट बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। महासचिव मोनिश मानन्द बज्राचार्यले क्लबको वार्षिक प्रगति तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष आकाशा बज्राचार्यले आर्थिक/वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुजन बज्राचार्य, निवर्तमान अध्यक्ष सर्जु बज्राचार्य लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कल्पना बज्राचार्यले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *