शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ तीनजना पत्रकारलाई समर्पण गरेको छ । विद्युतीय पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान दिई स्थानीय तथा राष्ट्रिय समाचार र विचार प्रवाह गर्नुका साथै आर्थिक पक्षसँग सम्बन्धित समाचार, टिप्पणी आदि सामग्रीहरू प्रचारप्रसार गरी सहयोग गर्नुभएकोमा कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाहलाई, विद्युतीय पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान दिई स्थानीय तथा राष्ट्रिय समाचार र विचार प्रवाह गर्नुका साथै शब्दयात्रा प्रकाशनसँग सम्बन्धित समाचार, टिप्पणी, कृतिसमीक्षा आदि सामग्रीहरू प्रचारप्रसार गरी सहयोग गर्नुभएकोमा बिजनेसपोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब गौतमलाई र विद्युतीय पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान दिई स्थानीय तथा राष्ट्रिय समाचार र विचार प्रवाह गर्नुका साथै शब्दयात्रा प्रकाशनसँग सम्बन्धित समाचार, टिप्पणी, अन्तर्वार्ता, कृतिसमीक्षा आदि सामग्रीहरू प्रचारप्रसार गरी सहयोग गरेकोमा कालोटोपी डटकमका लागि ज्ञानमणि नेपाल ‘कालोटोपी’ लाई कदरपत्र समर्पण गरिएको हो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा उहाँहरूलाई कदरपत्रका आर्थिक व्यवस्थापक हरिगोपाल प्रधानले टीका, रुद्राक्षमाला, पुष्पमाला र उपहारसहित कदरपत्र समर्पण गर्नुभएको हो ।
पत्रकारहरूलाई शब्दयात्रा प्रकाशनबाट कदरपत्र











Leave a Reply