“अस्पतालया जा” ख्याल: भोलि प्रस्तुत हुने

शहिद निर्मल- पुष्प स्मृति वाचनालयको “अस्पतालया जा” नामक ख्याल: भोलि आइतबार प्रस्तुत हुने

भक्तपुर, १५ साउन । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा गरिरहेको छ । रामशेखरया ख्याल: ब्वज्याको नवाैं दिन आज आइतबार माधवप्रसाद सुवाल र महावीर अमात्यको निर्देशनमा शहिद निर्मल- पुष्प स्मृति वाचनालयले “अस्पतालया जा” नामक ख्याल: प्रदर्शन गर्नेछ । प्रत्येक दिन एउटामात्र ख्याल : प्रदर्शन गरिरहेको आस्था थियटरमा रामशेखरया ख्याल: ब्वज्याको आठौं दिन हिजो शनिबार साउन १६ गते नेक्राविसंघ १ को “टुरिष्ट गाइड” नामक ख्याल: प्रदर्शन गरेको छ । जसको निर्देशन साइला वैद्य तथा राजन कोजुले व्यवस्थापन गरेको थियो भने कला संयोजन विकास तमखुले गरेको थियो । प्रस्तुत ख्याल: ले स्थानीय जनताको श्रमदान र सहयोगबाट मठ मन्दिर निर्माण र पुनः निर्माणबारे जानकारी दिँदै जलविद्युतको भण्डार रहेको कोशी गण्डकी जस्ता नदीहरुसँग उन्नत मुर्रा भैंसी साटफेर, पेट्रोलियमको पदार्थको मूल्यवृद्धिले सामन्त तथा भारतीय मारवाडीको सेवालगायत विभिन्न देशको सहयोगसँगै भ्रष्टाचार र कमिसनले शिक्षासँगै देशको हालत बिग्रेकोप्रति व्यंग गरेको छ । कलाकार आशकाजी थकु न्हिसुतुले काठमाडौं नेवारी भाषामा लेखिएको ख्याल:लाई भक्तपुरको स्थानीय भाषामा मञ्चन गर्न कठिनाइ रहेको बताउँदै नेपालभाषाका विभिन्न ख्याल: नाटक जस्ता साहित्यहरु अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न जोड दिनुभयो । कलाकार महन्तलाल मल्लले व्यंग्यात्मक गीतबाट मनोरञ्जन दिँदै रामशेखर नकर्मीसँगको सहकार्य अनुभव बारे बताउनुभयो । प्रहसनपछि शिक्षक ज्ञानसागर प्रजापतिले नयाँ पुस्ताका कलाकारहरूलाई रामशेखर नकर्मीका ख्याल:हरुको मञ्चन गराउनु सकारात्मक रहेको बताउँदै उहाँका कला, सीप र सिर्जनात्मक क्षमतासँग परिचित गराई हास्यव्यंग्यलाई थप पुर्याउने बताउनुभयो । ख्याल: ब्वज्याको दसौं दिन भोलि सोमबार हरि सुन्दर पोतामाहाँको निर्देशनमा जेँला सांस्कृतिक समाजको “रानी पुखु” नामक ख्याल प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *