गुरु पूर्णिमाको शुभ अवसरमा वरिष्ठ शिक्षाविद् दम्पती सम्मानित

गुरु पूर्णिमाको शुभ अवसरमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरले वरिष्ठ सेवा निवृत्त प्राध्यापकद्वय प्रा. सर्वज्ञभक्त मल्लश्रीमती कोमलबदन मल्ललाई ललितपुरस्थित उहाँहरूको निवासमै विशेष सम्मान समारोह आयोजना गरी सम्मान गरेको छ।

समारोहमा वरिष्ठ सेवा निवृत्त प्राध्यापकद्वय मोहन प्रजापतिबालमुकुन्द बासुकलाले प्रा. मल्ल दम्पतीलाई टीका लगाइदिए। समाजका अध्यक्ष अम्बिका मानन्धरले दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने उपाध्यक्ष रामगोपाल कर्माचार्यले सम्मानपत्र प्रदान गर्नुभयो।

समाजका सदस्य ज्ञानसागर प्रजापतिले समाजका तर्फबाट प्रा. मल्ल दम्पतीको सुस्वास्थ्य, दीर्घायु तथा सुखमय जीवनको शुभकामना व्यक्त गर्दै नेपालको समग्र शैक्षिक विकासमा उहाँहरूले पुर्‍याउनुभएको उल्लेखनीय योगदानको चर्चा गर्नुभयो।

कार्यक्रमको अन्त्यमा प्रा. सर्वज्ञभक्त मल्लले आफ्नो शैक्षिक सेवाका क्रममा भोग्नुपरेका चुनौती, ती चुनौतीहरूको सामना गर्न आफू र श्रीमतीले गरेको संघर्ष तथा त्यसबाट प्राप्त अनुभवहरू सहभागीहरूमाझ साझा गर्नुभयो।

सम्मान कार्यक्रममा भक्तपुरबाट सेवा निवृत्त शिक्षक समाजका करिब ३० जना सदस्यहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *