दुई जना प्रतिवादी पक्राउ

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी प्रभाग जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ मंसिर ९ गते विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएका फरार दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये एक जना सरकारी छाप तथा लिखत किर्ते मुद्दाका प्रतिवादी रहेका छन्। उनलाई अदालतले ११ महिना ३ दिन कैद सजाय सुनाएको थियो।

त्यस्तै, अर्का एक जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। उनलाई अदालतले एक हजार रुपैयाँ जरिवाना तोकेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *