सशस्त्र प्रहरी बल नेपाल इन्टेलीजेन्स ब्युरोले १ राउण्ड हवाई फायर गरी आघुनिक हतियार र २ जना ब्यक्ति नियन्त्रणमा

मिति २०८३/७/२८ गते ११:४० बजेको समयमा अवैध सामान ल्याउदै गरेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टीलिजेन्स ब्युरोबाट खटि गएको टोलिले मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका वडा नं १ तिर तिरे धारा नजिकै ११८१ नम्वरको अटो रिक्सा लाई शंका लागि रोक्न खोज्दा अटोमा सवार ब्यक्तिले ब्युरोबाट खटिएको टोलि माथि फायर गर्न खोज्दा निजलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरी निम्न हतियार र व्यक्तीहरु नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपाल न.१४ गण हेटौडा मार्फत आवश्यक कार्वाही एवं अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाउने कार्य भई रहेको ।
निम्न:
१.मनोहरी गाउँपालिका वडा नं ६ नयाँ बस्ती बस्ने आमिर भन्ने सुन बहादुर तामाङ्ग र निजले बोकेको सेमि अटोमिटिक लोडेड हतियार
२. ⁠ऐ. बस्ने अटो चालक विश्व राज मोक्तान
बरामद सामान:-
१) ७.६५ सेमी अटोमेटिक पेस्तोल थान-१
२) राउण्ड १ (एक) गोटा
३) मोबाइल एनरोईड ३ (तीन) थान
४) म्यागजिन १ थान
५) बा.प्र०३-००१-ह ११८१ नं को अटो रिक्सा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *