रोशी (काभ्रे) । काभ्रेको रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–५ डाँडागाउँबेसी तथा तेमाल गाउँपालिकाका जोड्ने पुल्ल बल्ल बन्ने भएको छ । स्थानीय बासिन्दालाई जोड्ने रोशी खोलामा मोटर चल्ने पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । बनेपा–बर्दिबास सडकखण्ड अन्तर्गत पर्ने यस क्षेत्रमा आवतजावतका लागि झोलुङ्गे पुल मात्रै हुँदा नमोबुद्ध नगरपालिका–५ र तेमाल गाउँपालिकाका बासिन्दा वर्षाैदेखि प्रत्यक्ष प्रभावित भएका छन् ।
पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घण्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । मोटरबाटो भएर रोशी खोला वारपार गर्न वीपी राजमार्ग अन्तर्गत १० किलोमिटर टाढको भकुण्डेबेसी बजार पुग्नुपर्छ । त्यहीको पुल भएर फेरि १० किलोमिटर पार गरेपछि नमुबुद्ध नगरपालिका ५ डाँंडागाउँबेसी पुगिन्छ । यसकारण बिरामी पर्दा एम्बुलेन्ससमेत सहज रूपमा गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको स्थानीयको दुःखेसो छ ।
स्थानीय धन तामाङ बिरामीलाई अस्पताल लैजान एम्वुलेन्स लैजाने एउटा पुलको माग स्थानीयले वर्षाैेदेखि गरिरहेको सम्झन्छन् । उनका अनुसार दैनिक आवतजावतदेखि कृषि उपज बजारसम्म पु¥याउनसमेत पुलको अभावले समस्या सिर्जना गरेको छ । उनका अनुसार अहिले स्थानीयले झोलुङ्गे पुलकै भरमा खोला वारपार गर्नुपरेको छ ।
झोलुङ्गे पुलबाट मोटरसाइकलसमेत सहज रूपमा वारपार गर्न सकिँदैन । मोटरसाइकललाई पुलसम्म पु¥याउन सिँढीमा दुई–चार जना मिलेर बोकेर लैजानुपर्ने अवस्था छ ।त्यसपछि मात्रै पुल हुँदै वारपार गराउन सकिने अवस्था अहिले त्यहाँ छ । यसले स्थानीयको दैनिक जीवनयापनलाई थप कठिन बनाएको छ ।
स्थानीय सोनम लामा पुल नहुँदा स्थानीय कृषि उत्पादन बजारसम्म पु¥याउन पनि कठिनाइ भइरहेको बताउँछन् । उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपज समयमै बजार पु¥याउन नसक्दा किसानले समस्या भोग्नुपरेको उनको भनाइ छ । आपतकालीन अवस्थामा बिरामी ओसारपसार गर्नसमेत कठिन हुने भएकाले स्थानीयले मोटर चल्ने पुल निर्माणलाई अत्यावश्यक पूर्वाधारका रूपमा लिएका छन् ।
यस क्षेत्रमा पुल निर्माणका लागि स्थानीय समाजसेवी एवं उज्यालो नेपाल पार्टीका नेता मिन्दु लामाले लामो समयदेखि पहल गर्दै आएको बताएका छन् । पुल निर्माणको माग गर्दै सम्बन्धित निकायमा निरन्तर ध्यानाकर्षण गराउँदै आएको उनको भनाई छ ।
नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाले उक्त स्थानमा बेलिब्रिज निर्माणको तयारी भइरहेको बताएका छन् । नेपाल सरकारले पुल निर्माणको तयारी चलिरहेको उनले बताए । तिहारपछिबाट काम सुरु हुन्छ, उनले भने, त्यसका लागि झण्डै पाँच करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ । पुल निर्माणका लागि ठेक्कासमेत लागिसकेको उनले जानकारी दिए । बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेपछि वर्षौंदेखि पुलको अभाव झेल्दै आएका नमोबुद्ध–५ र तेमाल गाउँपालिकाका बासिन्दाले सहज आवागमनको सुविधा पाउने अपेक्षा गरेका छन् । हालको यहाँंको झोलुंगे पुल भने एक दसक अघि बनेको स्थानीयले जनाएका छन् ।
बल्ल बन्ने भो रोशीमा पुल












Leave a Reply