चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला
नबराज काफ्ले
काठमाडौँ,कार्तिक २२
स्थानीय तहमा सुरक्षित, स्वच्छ र जलवायु अनुकुलित खानेपानी प्रणालीको दिगो सुनिश्चितताका लागि चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘सर्वोच्च परियोजना’ (Building a Water Safe and Resilient Municipality) को दुईदिने वार्षिक समीक्षा तथा रणनीतिक योजना कार्यशाला (Review and Reflection Workshop) काठमाडौँको बुढानीलकण्ठमा सम्पन्न भएको छ।
कार्यक्रममा परियोजनाको हालसम्मको प्रगतिको विस्तृत समीक्षा गर्नुका साथै प्रस्तुत गरिएको ८ सूचक (eight-indicator framework) र रणनीतिक ‘ब्लुप्रिन्ट मोडेल’ (Blueprint Model) का आधारमा आगामी दिनका लागि एकीकृत कार्ययोजना निर्माण गरिएको छ।
सर्वोच्च परियोजनाले विकास गरेको र स्वीडेनमा आयोजित अन्तर्राष्ट्रिय जल कार्यशालामा समेत प्रस्तुत भइसकेको ‘ब्लुप्रिन्ट मोडेल’ का विभिन्न चरण तथा आधार स्तम्भहरूमा केन्द्रित रहेर योजना निर्माण तथा समीक्षा गरिएको छ ।
ब्लुप्रिन्ट मोडेलका चरणहरु यस्ता छ्न:-
१. स्वामित्व ग्रहण तथा संस्थागत सुदृढीकरण (Establish Ownership): नगरपालिकाको नेतृत्व, बहु-सरोकारवाला सहकार्य, वार्षिक नीति तथा बजेटमा वास (WaSH) क्षेत्रको प्राथमिकता र प्रतिबद्धता सुनिश्चित गर्ने।
२. तथ्य र प्रमाणको सिर्जना (Generate Evidence): खानेपानी गुणस्तर परीक्षण (WQM), baseline डेटा संकलन र खानेपानीसम्बन्धी गुनासो र प्रतिपुष्टि (complaint & feedback mechanism) प्रणालीको सञ्चालन।
३. जोखिमलाई योजनामा रूपान्तरण (Convert Risk into Plan): खानेपानी सुरक्षा योजना (WSP), Child-centered Risk Mapping र १० वर्षे नगरस्तरीय ‘वास प्लान’ (२०७५–२०८५/वास आव २०७९–२०८९) लाई वार्षिक कार्यक्रममा आन्तरिकरण गर्ने।
४. केन्द्रित लगानी (Concentrate Investment): सेमि-IoT आधारित अटोमेटिक क्लोरिन डोजिङ प्रविधि, परम्परागत ढुङ्गेधाराको पुनरुत्थान र स्रोतको मितव्ययी प्रयोग।
५. उपभोक्ता सुरक्षा र परीक्षण (Verify and Protect Users): खानेपानी गुणस्तर परीक्षण मिनी-ल्याब (Drinking Water Quality Test Minilab) को नियमित सञ्चालन, अटोमेटिक सेन्सरमार्फत Chlorination र स्वास्थ्य संस्था तथा विद्यालयहरूमा WaSH FIT स्तरोन्नति।
६. माग र विश्वासको निरन्तरता (Sustain Demand & Trust): सुरक्षित पानी सम्बन्धी जनचेतना अभियान र महिला स्वयंसेविका/महिला समूह (SHGs) को संस्थागत सहभागिता।
७. वित्त तथा सिकाइको संस्थागतीकरण (Institutionalize Finance & Learn): पालिका स्तरमा WaSH Unit लाई बलियो बनाई योजना र बजेट निर्माणको पूर्ण अधिकार दिने र KPI निर्धारण गर्ने।
८. सुनिश्चितता र प्रमाणीकरण (Assure, Certify & Recertify): सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि न्यूनतम आधारहरू पूरा गरी वार्षिक रूपमा पुनःप्रमाणीकरण (Recertification) गर्ने।
चाँगुनारायण नगरपालिका,वातावरण र जनस्वास्थ्य संस्था (ENPHO), वाटरएड (WaterAid) को त्रिपक्षीय सहकार्यमा सञ्चालित यस कार्यक्रमले नगरभित्रका १२ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूसँग प्रत्यक्ष काम गरिरहेको छ।
समुदायलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न खुला दिसामुक्त समुदायको निरन्तरता,समावेशी, पारदर्शी र सक्रिय उपभोक्ता समिति ,मुहानदेखि उपभोक्ताको घर धारासम्म सुरक्षित खानेपानी वितरण,हरेक घरमा छुट्टै धारा र सफा भाँडोमा सधैँ पानी छोपेर राख्ने बानी ,राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार नियमित परीक्षण (हाल नगरपालिकाको ल्याबमा १९ मध्ये १४ प्रमुख प्यारामिटर परीक्षण भइरहेको),सुरक्षित खानेपानी आपूर्तिमा उपभोक्ताको सन्तुष्टि र उपभोक्ता समिति तथा स्थानीय तहबीच formal MoU/सम्झौता लगायतका न्यूनतम आधारहरू निर्धारण गरिएको नगरपालिका श्रोतबाट अवगत भएको छ ।
कार्यक्रममा बोल्नुहुने नगर नेतृत्व, विषयगत अधिकारी तथा प्रतिनिधिहरूले योजना कार्यान्वयन र प्रविधि अपनाउने कुरामा ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख जीवन खत्रीले नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्था, चुनौती र १० वर्षे ‘वास प्लान’ (WASH Plan) लाई वार्षिक बजेट तथा नीतिमा समायोजन गर्दै लैजाने भावी रोडम्याप प्रस्तुत गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले स्वागत मन्तव्य
राख्दै समीक्षा कार्यशालाबाट निर्देशित योजना तथा कार्यसूचीहरूलाई नगरपालिकाको प्रशासनिक एवं व्यवस्थापकीय क्षमता प्रयोग गरी शतप्रतिशत कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा शाखा निर्देशक जनार्दन रिजालले विद्यालय WASH FIT र ३-स्टार स्तरोन्नतिमार्फत बालबालिकाहरूमा सरसफाइ र सुरक्षित पानीको संस्कार बसाल्न शिक्षा शाखा लागिपर्ने बताउनुभयो ।
वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले वडास्तरमा खानेपानी उपभोक्ता समितिहरूलाई क्रियाशील बनाउँदै मुहान संरक्षण, जनचेतना र नियमित बुथक्याम्पमार्फत गुणस्तर जाँच अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सहयोगी संस्था इन्फो (ENPHO) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकाले प्रविधियुक्त खानेपानी व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गर्दै स्थापित खानेपानी गुणस्तर मिनी-ल्याबको दिगो सञ्चालन र प्राविधिक सहयोगमा इन्फो निरन्तर रहने स्पष्ट पार्नुभयो।
इन्फोका परियोजना कन्सल्टेन्ट सुरेन्द्र लामिछानेले ८ सूचकयुक्त ‘ब्लुप्रिन्ट मोडेल’ (Blueprint Model) र IoT बेस्ड अटोमेटिक सेन्सर मेसिनको प्रयोगले खानेपानी सुरक्षालाई वैज्ञानिक बनाएको बताउँदै यस मोडललाई अन्य पालिकाहरूमा पनि विस्तार (Replicate) गर्न सकिने धारणा राख्नुभयो ।
वाटरएडका प्रोग्राम म्यानेजर सर्वज्ञ श्रेष्ठले राष्ट्रिय NWASH प्लेटफर्ममा नगरपालिकाको डाटाबेस र १० वर्षे वास प्लान प्रविष्ट भइसकेकाले योजनाबद्ध बजेट विनियोजनमा सहजता आउने उल्लेख गर्नुभयो ।
वातावरण क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका वातावरण अभियन्ता नबराज काफ्लेले सुरक्षित खानेपानी नागरिकको आधारभूत स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले यस्ता समीक्षा कार्यशालाले नीति निर्माता, प्राविधिक संस्था र नागरिक समाजबीच बलियो सहकार्य स्थापित गर्ने उल्लेख गर्नुभयो।
दुईदिन लगाएर सम्पन्न भएको कार्यशालामा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा नगरपालिकाका नौ वटै वडामा WASH कमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
स्वच्छ खानेपानी र स्वच्छता नागरिकको मौलिक हक हो । चाँगुनारायण नगरपालिकाले अपनाएको ‘ब्लुप्रिन्ट मोडेल’, IoT प्रविधिको प्रयोग र १० वर्षे वास प्लानको कार्यान्वयनले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।












Leave a Reply