जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, जगाती तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०७।१७ गते विभिन्न मुद्दामा फरार रहेका ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चेक अनादर, बैंकिङ कसुर, कुटपिट अंगभंग, चोरी, लेनदेन तथा अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दामा १ जना, बैंकिङ कसुरमा २ जना (५ दिन कैद र रु. ६४,५०० जरिवाना), कुटपिट अंगभंगमा १ जना (रु. २,००० जरिवाना), चोरी मुद्दामा ३ जना (४ महिना १५ दिन कैद र रु. १४,००० जरिवाना), लेनदेन मुद्दामा १ जना (२ वर्ष कैद र रु. १३,००,००० विगो) तथा अभद्र व्यवहार मुद्दामा १ जना (१५ दिन कैद र रु. २०० पिडित राहत कोष) रहेका छन्। यस अभियान अन्तर्गत कुल २ वर्ष ५ महिना ५ दिन कैद र रु. ८०,५०० जरिवाना असुलउपर गर्नुपर्ने बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक स्वरुप शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।











Leave a Reply