नारायणमान बनमाला
नेपालकै लामो जात्रानवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ ले भक्तपुर नगरलाई विश्वमासांस्कृतिकनगरीको रुपमाचिनाउनमहŒवपूर्णभूमिका खेलेको छ ।जिवित देवताको रुपमापुजिने नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ परम्परागतरुपमानिरन्तर चलिरहेको छ । विशेषतःअनुहारमा देवी देवताको मकुण्डो लगाएर शास्त्रीय नृत्य तथा परम्परागत शैलीमाबाजागाजाको तालमानवदुर्गाको नाच, ङालाकेगु जात्रातथाअन्यजात्राहरु हुने गर्दछ ।हरेक वर्ष आठ महिना मकुण्डोसहितको जात्रा र ४ महिना मकुण्डो बिनाको जात्राहुने गर्दछ । मकुण्डोबिनाको जात्राअन्तर्गत नवदुर्गाको नामकरण पूजापछि गाठामग चह्रेको दिनहुने नवदुर्गाको विशेष पूजापनि महŒवपूर्ण पूजाको रुपमा लिइन्छ । यसवर्ष गाठामग चह्रे साउन २६ गते आज मड्डलबारका दिन नवदुर्गाको पनि विशेष पूजा गरिनेछ । यो दिननवदुर्गाको महादेवको सृष्टि पूजा गरिन्छ ।
यसविशेषपूजाको दिनबिहानै मन्दिरमालितपोट गरी सरसफाइ गरिन्छ । यस वर्ष नवदुर्गा देवगण बन्ने उजाजु (बनमाला) हरु पूजा सामग्रीहरु लिएरभक्तपुर नपा वडा नं. ९, गछे“ स्थित नवदुर्गा मन्दिरमा भेला हुन्छन् । नवदुर्गाको नकी (मन्दिरको महिलापुजारी) बाट तयार गरिएकाथपपूजा सामग्रीहरु सहितघाजीनं (सेतो जामा) पोशाकलगाएका १९ जना देवगणहरु भक्तपुर नपा वडा नं. ६ याछे“स्थित मकुण्डोघरमामालिङबाजाका साथप्रस्थानहुन्छन् । मकुण्डोघरमापुगेपछि नवदुर्गाको महादेवको रुपमा राखेको द्यःचा (कालो माटो) मापुंचा (चित्रकार) द्वारा नवदुर्गा मन्दिरबाट लगेको पूजा सामग्रीबाट सृष्टि पूजा गरिन्छ ।विधिवतरुपमामहादेव सृष्टि पूजा गरिसकेपछि देवगणहरु भक्तपुर नपा वडा नं. ४ स्थित तालाक्वमा प्रस्थानहुनेछ ।तालाक्वकाहाकुज्या (माटोको भा“डाकु“डा बनाउने प्रजापतिजाति) हरुकहा“गई नवदुर्गा देवगणहरुबाट विधिवतरुपमाचा Çयागु (माटो सम्मानपूजा) गरिन्छ । साथै यस वर्षको मकुण्डो निर्माण गर्न आवश्यकद्यःचा (कालो माटो) र वर्षभरि जात्रामाप्रयोग गरिने माटोका भा“डाकु“डाहरु तयार गर्न हाकुज्याहरुलाई अनुरोध तथानिम्तो दिने गरिन्छ । सो पूजा सम्पन्नभइसकेपछि देवगणहरु पुनःनवदुर्गा मन्दिरमाफर्किनेछ ।
मन्दिरमापुगेपछि भलभल अष्टमीका दिनदेखि बजाउनबन्द गरेको खिं बाजा सो दिनएकजना देवगणबाट बजाएर बाजाफुकुवा गर्ने गरिन्छ । यसदिनदेखि भक्तपुरका मठ मन्दिर, दाफाभजन, बाजा समूह, भजनमण्डलहरुमाबाजाबजाउनमिल्ने र बाजाबजाउनशुभराम्भहुने मान्यता रहेको छ । बेलुकानवदुर्गा देवगण र तिनीहरुका परिवारका सबै सदस्यहरु मन्दिरमाउपस्थितभई प्रसादस्वरुपभोज खाने परम्परा रहेको छ ।
यसदिनभक्तपुरका टोलटोलमा गाठामगरुपमा पराल नरकट, छ्वालीतथाबा“सको प्रयोग गरी पुतलानिर्माण गर्ने र बाजाबजाएर नगर परिक्रमा गराई अन्तमाकुनै निश्चित स्थानमा लगेर जलाउने गरिन्छ । नवदुर्गामामहादेवको सृष्टि स“गै नकारात्मकशक्ति गाठामगको अन्त्य र विनास हुने जनविश्वास रहेको छ । यसरी गाठामग चह्रेको दिननवदुर्गाको विशेष सृष्टि पूजा र चा Çयागु पूजा गरिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रातथामन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)










Leave a Reply