मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो स्थानीय निकायको निर्वाचनपछिको चार वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शुक्रबार भएको कार्यक्रममा आफनो कार्यकालका चार वर्षमा भएको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रगति प्रतिवेदन
आजको यस अन्तरक्रिया कार्यक्रममा उपस्थित मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्यज्यूहरु, आयोजक क्रियाशील पत्रकार मञ्चका अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्षज्यू, सञ्चारकर्मी मित्रहरू, राष्ट्रसेवक कर्मचारीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन ।
सर्वप्रथम नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, पछिल्ला जनआन्दोलन तथा विभिन्न ऐतिहासिक संघर्षहरूमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइते तथा बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई नगरप्रमुखको जिम्मेवारी सम्हालेको चार वर्ष पूरा भएको छ । यस अवधिमा हामीले चार आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट सफलतापूर्वक कार्यान्वयन गरेका छौँ भने चालु आर्थिक वर्ष २०८३÷०८४ का नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा छौं ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्दै सुशासन, पारदर्शी सेवा प्रवाह र दिगो विकासमार्फत समृद्ध मध्यपुर थिमि निर्माणमा हामी निरन्तर सक्रिय छौँ । यही क्रममा विगत चार वर्षमा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ, जसको संक्षिप्त विवरण अब प्रस्तुत गर्नेछु ।
१. सुशासनका लागि कानुन निर्माण
१.१ आर्थिक वर्ष २०७८÷७९ सम्म नगरपालिकाको सञ्चालनका लागि आवश्यक ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरू न्यून अवस्थामा थिए । स्थानीय सरकारलाई कानुनी रूपमा सक्षम, पारदर्शी र उत्तरदायी बनाउन मध्यपुर थिमि नगरपालिकाले कानुन निर्माणलाई प्राथमिकता दिएको छ । यस क्रममा आ.व. २०७९÷८० देखि हालसम्म ७९ वटा ऐन, नियम, नियमावली, कार्यविधि तथा निर्देशिका कार्यपालिका र नगरसभाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन तथा कार्यान्वयनमा ल्याइएको छ ।
२. आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि
२.१. वर्तमान नेतृत्वले आन्तरिक राजस्वको दायरा विस्तार, नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा करदाता सचेतना अभिवृद्धिमा जोड दिएको छ । यसको परिणामस्वरूप आन्तरिक राजस्व आ.व. २०७८÷७९ को रु. १८.४५ करोडबाट आ.व. २०८२÷८३ मा रु. ५२.५६ करोड पुगेको छ, जुन करिब तीन गुणा वृद्धि हो । साथै, आ.व. २०८१÷८२ को तुलनामा आ.व. २०८२÷८३ मा ९३.४० प्रतिशत राजस्व वृद्धि भएको छ ।
२.२ राजस्व वृद्धि करको दर बढाएर नभई करको दायरा विस्तार गरेर हासिल गरिएको हो । यसका लागि व्यवसाय दर्ता अभियान, बक्यौता कर असुली, नक्सा नियमित र अभिलेखीकरण, व्यवसाय दर्ता सहयोगी परिचालन, करमा जरिवाना छुट, घरबहाल करलाई आवासीय र व्यावसायिक रूपमा वर्गीकरण, नयाँ सेवा, व्यवसाय करको दायरामा समावेश, उत्कृष्ट करदातालाई सम्मान तथा करदाता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । साथै आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ ।
यी प्रयासका कारण विशेषगरी घरबहाल कर, व्यवसाय कर र विज्ञापन कर, घर नक्सा अभिलेखीकरण कर सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ ।
आ.व. २०७८÷०७९ आ.व. २०७९÷०८० आ.व. २०८०÷०८१ आ.व. २०८१÷०८२ आ.व. २०८२÷०८३ असार ३० गतेसम्म
१८,४५,९४,६६७ २४,१३,३८,७४८ ३०,०४,४४,५६५ २७,१७,५८,५८४ ५२,५६,०१,४२७
अघिल्लो वर्षको तुलनामा बृद्धि वा कमी प्रतिशत ३०.७४ प्रतिशत बृद्धि २४.४९ प्रतिशत बृद्धि १९.५३ प्रतिशतले कमी ९३.४०प्रतिशतले बृद्धि
३. शिक्षा
३.१. शिक्षक दरबन्दी मिलान, स्थानीय पाठ्यक्रम, खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि अनुदानमा शिक्षक व्यवस्थापन गरिएको छ ।
३.२. केन्द्रीकृत भान्छा घरमार्फत सामुदायिक विद्यालयका कक्षा ५ सम्मका करिब २,७०० विद्यार्थीलाई दैनिक ताजा, स्वस्थ र पौष्टिक दिवा खाजा वितरण गरिएको छ । चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्न बजेट व्यवस्था गरिएको छ । खाद्य गुणस्तर कायम गर्न दिवा खाजा कार्यक्रमको लागि फुड टेक्निसियनबाट गुणस्तर सुनिश्चितता पश्चात मात्र खाजा वितरण गर्ने व्यवस्था गरिएको छ ।
३.३. संस्थागत विद्यालयका कक्षा १–१० का ४,८१४ तथा कक्षा ११–१२ का २०४ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।
३.४. वृत्ति मार्ग निर्देशन, रोजगार मेला तथा करियर काउन्सिलिङ ल्याब सञ्चालन गरी युवालाई रोजगारी र स्वरोजगारका अवसरसँग जोडिएको छ । साथै कक्षा ८–१० का विद्यार्थीका लागि वृत्ति मार्गदर्शन कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ ।
३.५. काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सामुदायिक विद्यालयका शिक्षकलाई अनुसन्धानमूलक तालिम प्रदान गरिएको छ ।
३.६. विद्यार्थीको प्रतिभा विकासका लागि चित्रकला, कविता, लोकनृत्य, विज्ञान तथा गणित प्रदर्शनीलगायत विद्यालयस्तरीय प्रतियोगिता नियमित सञ्चालन गरिएको छ ।
३.७. अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।
३.८. उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ ।
३.९. सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्टेशनरी, झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।
३.१०. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका कारण सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शैक्षिक सत्र २०७९ को करिब ४,५०० बाट २०८२ मा करिब ८,००० पुगेको छ ।
३.११. सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रति विद्यार्थी एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिएको छ ।
४. स्वास्थ्य
४.१. ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा ’ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका परिवारका वार्षिक ३,००० जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
४.२. निःशुल्क रगत सेवा, स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, एचपीभी (ज्एख्) खोप तथा स्वास्थ्य शिविरमार्फत हजारौँ नागरिकलाई सेवा प्रदान गरिएको छ ।
४.३. वडा नं. ७, नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा सञ्चालन गरी ५,१५२ जनालाई सेवा प्रदान गरिएको छ । नीतिगत तथा बजेट व्यवस्थासहित यस्तो सेवा सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको छ ।
४.४. ७५ वर्षमाथिका ७६२ ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप प्रदान गरिएको छ ।
४.५. नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालसँगको सहकार्यमा सञ्चालित ज्येष्ठ नागरिक सुस्वास्थ्य कार्यक्रमबाट १०,०६९ जनाले सेवा प्राप्त गरेका छन् ।
४.६. रेबिज विरुद्ध १,११७ डोज निःशुल्क खोप प्रदान गरिएको छ ।
५. खेलकुद
५.१. राष्ट्रपति रनिङ शिल्ड, विद्यालयस्तरीय फुटबल तथा नगरस्तरीय वडा कप फुटबल प्रतियोगिता नियमित सञ्चालन गरिएको छ ।
५.२. अन्तरविद्यालय बास्केटबल, फुटसल, कराँते तथा अपाङ्गता भएका व्यक्तिको खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
५.३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी र टोलीलाई आवश्यक सहयोग प्रदान गरिएको छ ।
५.४. विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
६. पूर्वाधार विकास
६.१. मध्यपुर थिमि नगरबासीहरुको विकासको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माणको कार्यलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रम बजेट तर्जुमा गरि अगाडि बढेको छ । यस अनुरुप ४ वर्षको अवधिमा सडक कालोपत्रे, ढलान, ब्लक छपाई, ढुंगा छपाई, ढल निर्माण, ग्राभेल गरि कुल २८ किलोमिटर हाराहारी निर्माण कार्य सम्पन्न गरेको छ ।
६.२. सामुदायिक तथा वडा कार्यालय भवन, सार्वजनिक शौचालय, ज्येष्ठ नागरिक गृह, कभर्ड हल, सेन्ट्रल किचेन, प्रवेशद्वार (ध्वखा) निर्माण गरिएको छ ।
६.३. धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाअन्तर्गत मठ मन्दिर निर्माण, मन्दिरको रंगरोगन, फल्चा÷पाटी÷सत्तल, वहा–विहार–गुम्बा–द्योछें, ऐतिहासिक दरबारको पुनर्निर्माण तथा जीर्णोद्धार, पोखरी, मसानघाट, हिटी÷इनार÷कुवा, देवी–देवताका खट तथा पार्क, उद्यान र चौताराको निर्माण तथा सुधार गरिएको छ ।
७. सहकारी
७.१. सहकारी ऐन, २०७९ र नियमावली, २०८० सहित पाँच वटा कार्यविधि निर्माण गरी लागू गरिएको छ । ऋण सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
७.२. नेपालका स्थानीय तह मध्ये पहिलो पटक मध्यपुर थिमि नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सो समितिमार्फत समस्याग्रस्त कृषि विकास वचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनको क्रममा हालसम्म रु. ५० लाख ४२ हजार रुपैंया सम्बन्धित ऋणीहरुसँग असुल गरी ५१२ जना बचतकर्तालाई बचत फिर्ता गरिएको छ, जसमा ११६ जनाको वचत पूर्ण रुपमा भुक्तानी सम्पन्न भएको छ ।
७.३. साथै सहकारी र सम्बन्धित ऋणीहरूको सम्पत्ति तथा बैंक खाता र उक्त सहकारी र सञ्चालकहरुको नाममा रहेको करिव ५१३ रोपनी जग्गा न्यायीक समितिको निर्णयबाट रोक्का राखिएको छ । साथै उक्त सम्पत्ति लिलामी मार्फत वचतकर्ताहरुको वचत फिर्ताको लागि नगरपालिका लागिरहेको छ ।
८. कृषि
८.१. कृषक सूचीकृत २,१५३ जना भएका छन् । ७०० भन्दा बढी कृषकलाई कौसी खेती तालिम तथा अनुदान प्रदान गरिएको छ । उत्पादन वृद्धि गर्न ६,८०० बोरा कृषि चुन वितरण गरिएको छ । च्याउ पकेट विकास, ५० प्रतिशत अनुदानमा कृषि सामग्री (१२१ टनेल प्लास्टिक, ३३९ इलेक्ट्रिक स्प्रे पम्प, ४९ मिनी टिलर) र अनुदानबाट प्राप्त रासायनिक मल सहकारी संस्थालाई प्राथमिकता दिई व्यवस्थित रुपमा कृषकहरुलाई वितरण गरिएको छ ।
९. पुँजीगत खर्च
९.१. वडा–वडामा योजनाको सन्तुलित वितरण गर्दै पुँजीगत खर्च निरन्तर वृद्धि गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ५३.९९%, २०८०÷०८१ मा ६३.२५%, २०८१÷०८२ मा ६२.७२% तथा २०८२÷०८३ असार २५ सम्म ५२% पुँजीगत खर्च भएको छ । सूत्र प्रणालीको प्राविधिक समस्याका कारण करिब रु. ७ करोड ५० लाख भुक्तानी हुन बाँकी रहेको छ ।
१०. वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन
१०.१. स्वच्छ नगर निर्माणका लागि न.पाबाट विविध किसिमका सरसफाई, वातावरण संरक्षणको कार्य अगाडि बढाएको छ । जसमध्ये विद्यालयमा फोहोर वर्गीकरण तथा कम्पोस्ट सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ । समुदाय विपद् स्वयंसेवक तालिम, वृक्षारोपण, दैनिक करिब ५० टन फोहोर व्यवस्थापन, कपडाका झोला तथा कम्पोस्ट बिन वितरण, सार्वजनिक स्थलको नियमित सरसफाइ तथा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । बेवारिसे मृत व्यक्ति र पशुपन्छीहरुको व्यवस्थापन गरिएको छ ।
११. रोजगार सेवा केन्द्र
११.१. बेरोजगार सूचीकृत गरी ९५ जनालाई रोजगारी प्रदान गरिएको छ । पुनः श्रम स्वीकृति सेवा, सन्तति छात्रवृत्ति सहजीकरण, करिब २,५०० जनालाई सीप तथा स्वरोजगारमूलक तालिम प्रदान गरिएको छ ।
११.२. ईन्स्योर परियोजना मार्फत कार्यगत अभ्यासमा आधारित लामो अवधी (१६९६ घण्टाको ) व्यवसायिक तालिम २ वटा मार्फत १२० जनालाई तालिम प्रदान गरिएको छ ।
१२. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरण
१२.१. महिला सशक्तीकरण, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, किशोरी क्षमता विकास, आत्मरक्षा, एकल महिलाको सीप विकास तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरिएका छन् ।
१२.२. बालमैत्री स्थानीय शासन अभियान, बाल उद्धार कोष, बाल क्षमता विकास तथा बाल उद्यान विकास गरिएको छ ।
१२.३. ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना, सम्मान कार्यक्रम तथा दिवा सेवा केन्द्र सञ्चालन गरिएको छ ।
१२.४. अपांगता भएका व्यक्तिहरुको आत्मनिर्भर र जिविकोपार्जनको लागि अचार, पेपर व्याग, खाम, गुडिया बनाउने लगायतका सीप विकास तालिम, सहायक सामग्री वितरण र सांकेतिक भाषा तालिम सञ्चालन गरिएको छ । साथै बिउ पुँजी समेत उपलब्ध गराईएको छ ।
१३. पशु सेवा
१३.१. पशु उपचार, कृत्रिम गर्भाधान, विभिन्न रोगविरुद्ध खोप, औषधि वितरण, पशुपालक कृषकलाई तालिम, जै घाँस वितरण, म्याट वितरण, पशु बीमा, सामुदायिक कुकुर–बिरालोमा रेबिज खोप तथा बन्ध्याकरण कार्यक्रम नियमित रूपमा सञ्चालन गरिएको छ ।
१४. आयुर्वेद
१४.१. बोदे, भुलाँखेल र निकोशेरामा आयुर्वेद शहरी क्लिनिक सञ्चालन गरिएको छ ।
१४.२. पञ्चकर्म, स्तनपायी आमा स्वास्थ्य प्रवद्र्धन, विद्यालय आयुर्वेद तथा योग शिक्षा र ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम नियमित सञ्चालन गरिएको छ ।
१५. न्यायिक समिति
१५.१ चार वर्षमा २०८ वटा उजुरी दर्ता भएकोमा १६६ वटा मेलमिलाप, सहमति वा निर्णयमार्फत टुंग्याइएको छ भने ४२ वटा मुद्दा विचाराधीन रहेको छ ।
१५.२. नगरपालिकाको ९ वटै वडामा मेलमिलाप सहजकर्ता व्यवस्था गरिएको छ ।
१५.३ न्यायिक समितिको सेवा प्रवाह थप चुस्त बनाउन अनलाईन सेवा प्रवाहको व्यवस्था गरिएको छ ।
१५.४ सहकारी संस्थाको प्रारम्भिक सुनुवाई न्यायिक समितिवाट हुने गरी नीतिगत व्यवस्था गरिएको छ ।
१६. सार्वजनिक जग्गा संरक्षण
१६.१. नगरका विभिन्न सार्वजनिक तथा पर्ती जग्गाको सिमाङ्कन गरी संरक्षण कार्य अघि बढाइएको छ । यसक्रममा १. यमाटोल, कन्चिचा, दुनेग, २ नं. वडा क्रियापुत्री भवन क्षेत्र, विष्णुवीर पर्ति जग्गा, इन्द्रायणी पर्ति जग्गा, बसिपुखु, नासननी क्षेत्र, डाफेंटोल, नमूना बस्तीको ग्रिन प्वाइन्ट मार्ग पर्ति, ध्रुवधारा पर्ति, लोखापाटी पर्ति, कुनिश्चा पर्ति, वर्गर हाउसको पश्चिम दक्षिणतर्फको सार्वजनिक र बाटो सहित, निलबाराही जंगलको पश्चिमतर्फ खानेपानी ट्यांकीसँगैंको पर्ति र उत्तरतर्फ दुवाकोट जाने बाटो सँगैं, भट्टराई टोल उत्तरतर्फको पर्ति, आर्मी व्यारेक पूर्व भिमसेन मन्दिर पर्ति, सिद्धिकाली नासननी क्षेत्र, बालसेवा आधारभुत विद्यालय, केकुताँ, आल्चुपाखा, विष्णुकुण्डल, भान्सुको मन्दिर लगायतका स्थानको सार्वजनिक र पर्ति जग्गा सिमांकन गरी हालसम्म करिव २ सय रोपनी भन्दा बढी जग्गा संरक्षण, सिमांकन सम्पन्न गरिएको छ । साथै निलबाराही जंगलको २१ सालको नाप नक्सा अनुरुप सिमांकन कार्य सम्पन्न भएको छ । चालु आ.व.मा सिमांकनको कार्य अगाडि बढाईने छ ।
१७. घर नक्सा
१७.१. नगरबासीको सहजताको लागि घरनक्सा नियमित तथा अभिलेखीकरण खुलाईएको छ । जसले गर्दा घर निर्माण सम्पन्न भएता पनि विगत लामो समयदेखी नक्सा पास र नियमित अभिलेखिकरण नहुँदा निर्माण सम्पन्न प्रमाणपत्र पाउन नसकेका घरधनीहरु जसले सार्वजनिक पर्ती जग्गा नमिचिएको, च्इध् नमिचिएका घरहरुको घर नक्सा नियमितीकरण तथा अभिलेखीकरण गरिएको छ । यसक्रममा ३,५७४ निवेदन दर्ता, भएकोमा २,६५९ फछ्र्योट भएको छ ।
१७.२. आर्थिक वर्ष २०७९÷८० यता १,८६७ नक्सा दर्ता, भई १,३५४ स्वीकृत भएको छ ।
१७.३. आ.व. २०५४÷०५५ देखी २०७४÷०७५ सम्मका ६५२८ घर नक्सा डिजिटाइजेसन गरिएको छ ।
१८. पर्यटन, कला, धर्म तथा संस्कृति
१८.१. मध्यपुर महोत्सव–२०८१ तथा ‘गन्तव्य मध्यपुर’ अभियान सञ्चालन गरिएको छ ।
१८.२. ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै ४५० मौलिक स्थाननाम अभिलेखीकरण गरि प्रतिष्ठापनको कार्य भइरहेको छ ।
१८.३ ईकोज ईन द भ्याली साँस्कृतिक महोत्सव ,वः महोत्सव(फेस्टिवल) र स्थानीय रैथाने घरेलु उत्पादन तथा हस्तकलाको प्रदर्शनी मेला, धिमेवाजा, बाँसुरी बाजा र दाफा भजन प्रतियोगितालाई नियमितरुपमा सञ्चालन गरिएको छ ।
१८.४. सम्पदा पदयात्राहरुको (ज्भचष्तबनभ धबपि)सञ्चालन गरिएको छ ।
१८.५. दाफा भजनलगायत लोपोन्मुख बाजागाजा प्रशिक्षणका लागि नगरपालिकाबाट सहकार्य गरिएको साथै नेपाल भाषा (रञ्जना र प्रचलित) लिपि प्रशिक्षण सम्पन्न भएको छ ।
१८.६. मध्यपुर थिमिको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत व्यवस्थासहित मध्यपुर पर्यटन बोर्ड गठन प्रक्रिया अघि बढेको छ ।
१८.७. नगरको मूर्त र अमूर्त सम्पदाहरु, मध्यपुर थिमि क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक, साँस्कृतिक एवम् पौराणिक नाच, जात्रापर्व लगायत संस्कृति संरक्षण र संवद्र्धनका लागि नियमितरुपमा बजेटको व्यवस्थापन गरिएको छ ।
१८.८ पेशा व्यवसाय संग्रहित हुने गरी वडा नं. ५ मा सांस्कृतिक उद्योगग्राम निर्माणको लागि बजेटको व्यवस्था गरिएको छ । जसको निर्माण पश्चात मध्यपुरको पर्यटन उद्योगको लागि कोशेढुंगा सावित हुनेछ ।
१९. संस्थागत विकास
१९.१. नगरपालिकाको सांगठनिक संरचना पुनर्संरचना गरी ४ महाशाखा र २४ विषयगत शाखा व्यवस्था गरिएको छ ।
१९.२. कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि तालिम र बायोमेट्रिक हाजिरी प्रणाली लागू गरिएको छ ।
१९.३ करारका कर्मचारीहरुलाई संरक्षण तथा प्रोत्साहन गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नीतिगत निर्णय तथा बजेटको व्यवस्था गरिएको छ ।
२०. सूचना प्रविधि तथा तथ्याङ्क व्यवस्थापन
२०.१ ई–गभर्नेन्स र ई–सिफारिस प्रणाली कार्यान्वयन गरिएको छ ।
२०.२. वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह, एलईडी स्क्रिन, पर्यटन सूचना पोर्टल र एफएम कार्यक्रम सञ्चालन गरिएको छ ।
२१. सम्पदा मार्ग
२१.१ पर्यटन प्रवद्र्धन तथा स्वस्थकर जीवनशैलीको लागिवडा नं. ३ र ४ को सिमाना अरनिको राजमार्ग क्षयरोग अस्पताल देखि निलबाराही मन्दिर सम्मको सम्पदा मार्ग निर्माण गर्न ६ करोड ५० लाखको ठेक्का भई निर्माण कार्य शुरु भएको छ ।
२२.लोकल मास्टर प्लान
२२.१. लोकल मास्टर प्लान अन्तर्गत नगर भित्रका ऐतिहासिक बस्ती क्षेत्रका घरहरुको स्वरुप परिवर्तन र बस्तीहरुको ऐतिहासिकता संरक्षणका लागि नीतिगत तथा बजेट व्यवस्थापन गरिएको छ ।
२३. विविध एवम् प्रमुख कार्यहरु
२३.१.मध्यपुर उज्यालो अभियानः अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडक र अरनिको राजमार्गसहित १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट (क्mबचत ीष्नजत) जडानका भई सञ्चालनमा आएको छ । साथै परम्परागत बस्ती क्षेत्रमा दलबुचा बत्ति जडान गरिएको छ ।
२३.२. नीलबाराही क्षेत्र संरक्षणका लागि डिपिआर तयार गरी उक्त स्वीकृत डिपिआर अनुसारको निर्माणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसंग साझेदारीमा १ वटा र नगरपालिकाबाट १ गरी दुई वटा योजनाको निर्माण कार्य भइरहेको छ । उक्त कार्यको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट १३ करोड भन्दा बढीको योजना सञ्चालनमा रहेको छ । साथै काठमाण्डौं उपत्यका विकास प्राधिकरणबाट ७ करोडको योजनामा पहिरो नियन्त्रणको कार्य अन्तिम चरणमा पुगेको छ । निलबाराही क्षेत्रको पहिरो नियन्त्रण तथा उचित व्यवस्थापनको लागि स्रोत व्यवस्थापन, गुरु योजना निर्माणमा नगरपालिका लागिरहेको छ ।
२३.३. परम्परागत माटोको भाँडा बनाउने पेशा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माणका लागि बसिपुखुः संग्रहालयको निर्माण चालु आर्थिक वर्ष सम्पन्न हुनेछ ।
२३.४. नपा प्रशासकिय भवन निर्माणको लागि निर्माण व्यवसायीसँग सम्झौता सम्पन्न भइ व्यवसायीबाट निर्माणको कार्य शुरु गरिसकेको छ ।
२३.५. सानोथिमि मूख्य सडकको दाँयाबाँया पार्क निर्माण गरी सौन्दर्यकरण गरिएको छ ।
२३.६. मध्यपुर महोत्सव २०८१ सञ्चालन गरी ऐतिहासिक सफलता हासिल गरेको छ ।
२३.७. सानोथिमि बहुउद्देश्य भवन, थिमि लायकू दरवार मूल प्रवेशद्धार, नगदेश लायकू दरवार, बालकुमारी प्रवेश उकालो गुरुयोजना, बोडे महालक्ष्मी मन्दिर गरुयोजन, दिव्यश्वरी मन्दिर गुरुयोजना, नाट्यश्वरी मन्दिर तथा पार्क गुरुयोजना लगायतका कार्य अन्तिम चरणमा पुगेको छ ।
२३.८. थिमि शंखधरचोक उकालोमा स्थानीय उत्पादन तथा पर्यटकीय सामाग्री बिक्रि केन्द्र सञ्चालन गरिएको छ ।
२३.९. करुणामय लोकेश्वर मन्दिर, कुशलभैरव मन्दिर परिसर, हात्ति महांकालमा शौचालय, पुरातात्विक स्वरुपमा नै स्वंगा पुखु पुनःनिर्माण, पौराणिक एवम् ऐतिहासिक दथुबहा र दिगुबहाको पुनःनिर्माण सम्पन्न भएको छ ।
२३.१०. सांस्कृतिक उद्योगग्राम निर्माणका लागि डिपिआर तयार भएको छ र चालु आर्थिक वर्षमा निर्माण शुरु गरिने छ ।
२३.११. खेलकुद क्षेत्रको संवांगिर्ण विकासका लागि कमेरोटार, भाँगु र ईन्द्रायणीमा खेल मैदान, वडा नं. २ मा बास्केट बल कोर्ट, भाँगु व्याडमिन्टन कोर्ट निर्माण भइरहेको छ ।
२३.१२. विष्णुवीर बाल उद्यान, सिद्धिकाली, इन्द्रायणी र लोहकिल्थलीमा ज्येष्ठ नागरिक सेवा केन्द, बोदेमा द्योमा वृद्धाश्रम निर्माण भइरहेको छ ।
२३.१३. करिव १४ करोडको लागतमा भाँगु, वनदेवी, वि पि पार्क र धुन्चो पहिरो नियन्त्रण गरिएको छ ।
२३.१४. नीलबाराही क्षेत्र संरक्षण र बसिपुखु संग्रहालय निर्माणको कार्य भइरहेको छ ।
२३.१५. सानो थिमिस्थित मध्यपुर खेल मैदानको स्तरोन्नती गरिएको छ ।
२३.१६. जनआदर्श क्याम्पस र महेन्द्र आधारभुत विद्यालय सानोथिमिको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
२४. नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल
२४.१. नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आ.व. २०७९÷०८० देखी डायलासिस, सिटी स्क्यान (ऋत् क्अबल), रक्त सञ्चार केन्द्र (ब्लड बैंक), आमा सुरक्षा कार्यक्रम थप गरिएको छ । यसैगरी मोडुलर अपरेशन थिएटर, मेडिकल तथा सर्जिकल आइसीयु, न्युरो मेडिसिन तथा सर्जरी, वाथ रोगको उपचार सेवा सञ्चालन गरिएको छ । साथै भदौ महिनाभित्रमा सुविधा सम्पन्न आइसीयु÷एचडीयु सेवा सञ्चालनमा ल्याईनेछ ।
२४.२ चार वर्षमा अस्पतालबाट डायलासिस ३,२५३, सिटी स्क्यान ५,७९७, ब्लड बैंक ५४९ तथा आमा सुरक्षा कार्यक्रमबाट १५० जना लाभान्वित भएका छन् ।
२४.३. पछिल्ला चार वर्षमा ९,६७३ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
२४.४. अस्पतालको सेवा विस्तार र शैया क्षमता वृद्धिका लागि कोरिया सरकारको १ अर्ब ३८ करोडको सहयोगमा निर्माणाधिन भवन यसै आ.व.मा सञ्चालनमा ल्याईनेछ ।
२४.५. बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरेका कारण आर्थिक वर्ष २०७९÷०८० देखि २०८२÷०८३ सम्म अस्पतालबाट ७,९३,६६७ ओपीडी, ३५,१७७ इमर्जेन्सी, १४,५२३ बहिरङ्ग, ३,१८,४०३ ल्याब, २,५१,२०४ एक्स–रे, ४५,०५७ ईसीजी, ११,६५६ इको, ८७,७१९ युएसजी तथा ४,६०२ एन्डोस्कोपी सेवा प्रदान गरिएको छ ।
२४.६. नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको उचित व्यवस्थापन तथा नगरपालिकाले अभिभावकत्वका कारण आज अस्पताल आर्थिकरुपमा सवल बनेको छ ।
२४.७. वाटर एटिएम मार्फत सेवाग्राहीहरुलाई स्वच्छ खानेपानी निःशुल्करुपमा उपलब्ध गराईएको छ ।
२४.८. अस्पतालको पूर्वाधार सुधार गरी स्वच्छ वातावरण कायम गर्नुको साथै अस्पताल परिसरमा मन्दिर निर्माण गरिएको छ ।
२५. चालु आर्थिक वर्ष सञ्चालन हुने प्रमुख योजनाहरु
२५.१ चालु आर्थिक वर्षमा मध्यपुर थिमि नगरपालिकाले पर्यटन प्रवद्र्धन तथा ब्यवसाय बृद्धिका लागि विभिन्न सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा व्यावसायिक कार्यक्रमहरू सञ्चालन गर्नेछ । जस अनुसार शंखधर चोक, सानो थिमी र राधेराधेमा सडक महोत्सव, दिव्यश्वरी प्लानिङ व्यवसायिक मेला, टिगनी नीलबाराही मेला, बोदे पर्यटन मेला तथा दाफा सम्मेलन आयोजना गरिनेछ । साथै पर्यटन बोर्डको सञ्चालन, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम र ‘गन्तव्य मध्यपुर’ अभियान मार्फत नगरको पर्यटन, कला, संस्कृति तथा स्थानीय पेशा व्यवसाय मार्फत अर्थतन्त्रको विकासमा टेवा पु¥याइनेछ ।
२५.२ विद्यार्थीहरुलाई स्वरोजगार, उद्यमशिल बनाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२५.३ खेलकुद मार्फत युवाहरूको शारीरिक, मानसिक तथा नेतृत्व विकासका साथै स्वस्थ, अनुशासित, प्रतिस्पर्धी तथा सक्षम नागरिकका रूपमा विकास गर्दै मध्यपुर थिमि नगरपालिकामा समग्र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मध्यपुर म्याराथन, साइक्लिङ, इन्डोर क्रिकेट प्रशिक्षण स्थल निर्माण, नगर कप सहित विभिन्न राष्ट्रिय तथा स्थानीय खेल प्रतियोगिता, प्रशिक्षण तथा खेल गतिविधिहरू खेलकुद महोत्सव सञ्चालन गरिनेछ ।
२५.४. हरेक तीन तीन महिनामा नसर्ने रोग सम्बन्धि स्कृनिङ्ग कार्यक्रम तथा स्कृनिङ्ग गर्दा नसर्ने रोगको जोखिममा परेकालाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
२५.५. सडक मानव मुक्त नगरपालिका बनाउन कार्यक्रम अगाडि बढाईनेछ ।
२५.६. मध्यपुर सरसफाई अभियानलाई प्राथमिकता दिईनेछ ।
२५.७. न्क्ष्क् घर नम्बरिंग प्रणाली लागु गरिनेछ ।
२५.८ वडा नं. २ को वडा कार्यालय तथा जनआदर्श क्याम्पस भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालन गरिने छ ।
२५.९. परम्परागत शैलीका घर निर्माण तथा पुरातात्त्विक क्षेत्र संरक्षणलाई प्रोत्साहन गर्ने नीति अनुरुप अनुदान दिने र नक्सा पास दस्तुर छुट गर्ने व्यवस्था गरिएको छ ।
२५.१०. गुणस्तरिय शिक्षा, रोजगारी, निःशुल्क शिक्षा, भाषा संरक्षणका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा, जीवनोपयोगी सीप, स्थानीय पाठ्यक्रम तथा नेपाल भाषाको प्रवद्र्धन गरिने छ ।
२५.११. मध्यपुर पर्यटन बोर्ड मार्फत पर्यटन प्रवद्र्धनका लागि नीति तय गरी आवश्यक कार्य अगाडि बढाईने छ ।
२५.१२. जनआदर्श क्याम्पसको भवनमा आदर्श मा.वि. लाय्कू स्थानान्तरण गरी लाय्कू दरवार निर्माणको कार्य शुरु गरिनेछ ।
अन्त्यमा
सीमित स्रोत–साधनका बाबजुद नगरको विकास, सुशासन र समृद्धिका लागि निरन्तर साथ, सहयोग र योगदान पु¥याउनुहुने सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला, सञ्चारकर्मीहरु प्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी विकासलाई प्राथमिकता दिदैं हामी सबैको साझा प्रयासबाट मध्यपुर थिमिलाई स्वच्छ, सुरक्षित, समृद्ध, सु–संस्कृत, सु–व्यवस्थित, सुन्दर नगरका रूपमा स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । उक्त लक्ष्य पुरा गर्नको लागि सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु ।
धन्यवाद ।
जय मध्यपुर ।







Leave a Reply