भक्तपुर, २५ साउन । चाँगुनारायण नगरपालिका–८ स्थित गुबु खोलाको किनारमा आज एक जना पुरुषको शव फेला परेको छ।
खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको शव खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।
प्रहरीका अनुसार शवको अनुहार कुहिएर झरेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाइ भएको छ। मृतकको पहिचानका लागि प्रहरीले आवश्यक अनुसन्धान तथा खोजी कार्य अघि बढाएको जनाएको छ।
मृतकको शव तथा हुलियासँग मिल्ने गरी आफ्ना परिवार, आफन्त वा चिनजानका कुनै व्यक्ति हराइरहेको सूचना पाएका व्यक्तिलाई प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रहरीले मृतकको शव पहिचान गर्न सक्ने व्यक्तिलाई प्रहरी प्रभाग सुडालमा सम्पर्क गरी आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ।
प्रहरीका अनुसार शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको














Leave a Reply