आस्था थियटरमा रामशेखरया ख्याल: ब्वज्यामा खुँ याता ज्वँ ज्वं प्रदर्शन

भक्तपुर, १२ साउन । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने रामशेखरया ख्याल: ब्वज्याको चाैथो दिन मंगलबार बहुरङ्गी रंगकर्मी समूहको खुँ याता ज्वँ ज्वं प्रदर्शन भएको छ । बहुरङ्गी रंगकर्मी समूहले प्रस्तुत गरेको उक्त ख्यालको अनिश ह्यंगोले निर्देशन गर्नुभएको थियो  । प्रस्तुत ख्याल:ले तत्कालीन समाज र समयमा हुने चोरीको घटनालाई उजागर गर्दै गरिब निमुखा जनतालाई सरकार र प्रहरी प्रशासनले गर्ने अन्याय अत्याचार, दमनलाई र राजनीति तथा सामाजिक विसंगतिको व्यंग्य गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्याल अवलोकनमा साहित्य समाजको ऐना भएको बताउँदै ऐतिहासिक पृष्ठभूमि तथा तत्कालीन समाजमा पञ्चायतकालीन दमनमा प्रशासन क्षेत्र लाग्ने यथार्थलाई चित्रण गरेको विचार राख्नुभयो । प्रहसनपछि आशकाजी थकु न्हिसुतु ले प्रस्तुत ख्याल: नेपालीमा लेखिएको कारण नेपालभाषामा प्रस्तुत गर्दा केही कमजोरी रहेको बताउँदै नयाँ पुस्तालाई ख्याल : प्रस्तुतिका लागि आवश्यक सहयोग तथा सरसल्लाह दिन तत्पर रहेको बताउनुभयो । प्रहसनपछि कथा लेखक लक्ष्मीनारायण दुवालले तत्कालीन समयको समाजमा गरिबी र रोजगारी नहुँदा महिलाहरूले घरमै रोजगारीको काम गरिरहेको बताउँदै ख्याल: लाई माैलिकता दिन जोड दिनुभयो । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु मध्ये मंगलबारसम्ममा चारवटा ख्याल:हरु प्रदर्शन भइसकेको छ । रामशेखरया ख्याल: ब्वज्याको पाँचौं दिन आज साउन १३ गते बाल बिकास ईङ्गलिस स्कुलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल : नेपाली भाषामा प्रस्तुत हुनेछ । जुन ब्वज्याको दुई दिन अर्थात् साताैं दिन साउन १५ गते शुक्रबार श्रमिक साकोसले नेपालभाषामा प्रदर्शन गरिनेछ । ख्याल :को अवलोकनका लागि परिवारसहित दर्शकहरूको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *