नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने

नगरकोटमा चंङ्गा चेट कार्यक्रम हुदैं
नगरकोट । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने भएको छ । मण्डनदेउपुर नगरपालिका–२, नगरकोटमा रहेको माउण्टेन भिस्टा रिट्रिट होटलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
यहिँ असोज २८ गतेदखि ३१ गतेसम्म चंङ्गा चेट फेस्टिवल–२०८३ आयोजना गर्न लागिएको होटलका अपरेशन मेनेन्जर सुरेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । अधिकारीका अनुसार उक्त कार्यक्रममा सहभागी हुन प्रतिव्यक्तीले २ हजार ५ सय रुपैंया शुल्क होटललाई बुझाउने पर्नेछ ।
यस कार्यक्रममा सहभागीले माटोको भाडा बनाउन, सांगितिक कार्यक्रममा सहभागी हुन, मुहारमा चित्र बनाउन, चंङ्गा उडाउन पाउनेछन् । “साथै दशैंको विशेष खाना समेत सोही प्याकेजमा उपलब्ध हुनेछ” अपरेशन मेनेन्जर अधिकारीले भन्नु भयो । यस पटकको दशैंमा नगरकोट पुगेर रमाउन चाहानेहरुकालागि होटलले उक्त कार्यक्रम अवधिभर काठमाडौंको बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्था गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *