गत वर्ष निधन भएकी थापाको नाममा गठन गरिएको ‘भाष्कर-तेजश्री स्मृति
प्रतिष्ठान’ले नेपाल ल क्याम्पस र नेसनल ल कलेज काठमाडौंमा अध्ययनरत
विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।
तेजश्रीको
निधन भएको एक वर्ष पुगेको दिन उनकी आमा डा. रीता थापा र बुबा डा.
भेषबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै दुवै क्याम्पसमा अध्ययनरत एक एक
विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाएका छन् ।
त्यस्तै
प्रतिष्ठानले लैंगिक हिंसा रोकथाम तथा यौनजन्य दुर्व्यवहारविरुद्ध तेजश्री
प्रयास अभियान एड्भोकेसी चलाउने पनि जनाएको छ । बालबालिका र कारगारमा
स्थापना गरिएका पुस्तकालयका लागि पनि प्रतिष्ठानले सहयोग गर्ने छ ।
तेजश्री
थापा मानवअधिकार वकिल थिइन् । उनले युद्धग्रस्त बाल्कन क्षेत्र र दक्षिण
एसियामा भएका बलात्कारका घटनालाई मानवताविरुद्धको अपराधका रूपमा लिँदै
कानुनी लडाइँ गर्दै आएकी थिइन् । उनी बंगलादेश श्रीलंका र नेपालमा भएका
द्वन्द्वका घटनादेखि म्यानमारका रोहिंग्या मुसलमानविरुद्ध भएको अत्याचारलाई
मानवअधिकार उलंघन भन्दै न्याय दिने अभियानमा लागेकी थिइन् ।
ह्युमन
राइट्स वाच (एचआरडब्लु) मा वरिष्ठ दक्षिण एशिया अनुसन्धानकर्ताका रूपमा
कार्यरत रहेको अवस्थामा गत वर्ष अमेरिकास्थित न्यूयोर्क सिटीमा ५२ वर्षको
उमेरमा तेजश्रीको निधन भएको थियो । उनले संयुक्त राष्ट्रसंघ, द हेगस्थित
इन्टरनेशनल क्रिमिनल ट्रिब्यूनलमा पनि काम गरेकी थिइन् ।













