एसइई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम

२०८२ को एसइई परीक्षामा वागीश्वरी माविबाट सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरूका लागि लिवालीस्थित ओल्ड दरवारमा जेठ ७ गते आयोजित एक कार्यक्रममा बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भनपा मेयर सुनील प्रजापतिले आजकल देशमा गणित, विज्ञानको शिक्षक पाउन गाह्रो भएको भन्दै एसइईपछि विभिन्न कलेजमा अध्ययन गर्न जाने विद्यार्थीहरूले ती कलेज कसरी सञ्चालन भएका छन् भन्ने कुरा थाहा पाउनुपर्ने कुरा बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “एसइई परीक्षा पास गरेपछि तपाईँहरूको साँचो परीक्षा अब सुरु भएको छ । यो उपलब्धि कायम राख्न अझै मिहिनेत गर्नुपर्छ । हीनता भाव लिनु हुँदैन । पारिवारिक सहयोगमा मन लगाउनु पर्छ । ठुलाठुला व्यक्तिहरूको जीवनी पढ्नुपर्छ ।” सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उहाँले, विज्ञान, शिक्षा, कानून, मानविकी, म्यानेजमेन्ट जे पढे पनि हाम्रै वागीश्वरी सर्कलमै सबै उपलब्ध भएको पनि बताउनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आफूलाई यो लेबलसम्म पढाउने शिक्षकहरूलाई कम से कम धन्यवाद दिनुपर्ने कुरा बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “अब एउटा बाटो पार गरेपछि चौबाटोमा पुगेको अवस्था हो । कुन विषय पढ्ने, कता जाने भन्ने कुराको निर्णय अब तपाई्रँहरूले विचार पु¥याएर गर्नुपर्छ । आफ्नो क्षमताअनुसार विषय छान्नुपर्छ । अहिलेसम्म सफलताका लागि साथीको सहयोग आवश्यक परेको तर अबका दिनमा सफलता र अवसरका लागि आफ्नै साथी बाधक पनि बन्न सक्छन् ।”
कार्यक्रमका सभापति तथा विव्यस अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धिका पछाडि शिक्षक, कर्मचारी, अभिभावक सबैको उत्तिकै हात रहेको जनाउँदै उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्नुपर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “सफलता पाउन अरुबाट साथ लिएपछि अरुलाई पनि सफलता दिलाउन साथ दिने संस्कारको विकास गर्नुपर्छ । समाजप्रति सदा उत्तरदायी बन्नुपर्छ र माथिल्लो कक्षामा पुगेपछि नम्र र कर्तव्यनिष्ठ बन्दै आफ्नै विवेकको पनि प्रयोग गर्नुपर्छ । घर बलियो बन्न जग बलियो हुनुपर्ने भए झैँ, आफ्नो लक्ष्य प्राप्त गर्न प्रवेश गरिने गेट सही हुनुपर्छ ।” 
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले, कुनै पनि विषय नराम्रो नहुने र हामै्र विद्यालयमा विभिन्न शैक्षिक धार सञ्चालन भएको हु्ँदा यहीँ अध्ययन गर्न सुुझाव दिनुभयो । मन्तव्यका क्रममा उहाँले विद्यालयको विगतको शैक्षिक उपलब्धिसमेत संक्षिप्त बताउँदै सञ्चालित शैक्षिक कार्यक्रम र यहीँ पढेर यसै विद्यालयमा भर्ना हुने विद्यार्थीहरूलाई शुल्कमा छुट दिइने र अन्य विद्यार्थीहरूलाई नियमानुसार दिइने छात्रवृत्तिका बारेमा पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा, द्ध न्एब् ल्याउन सफल सुबिना श्रेष्ठ र घ।ढछ न्एब् ल्याउने अभिनव प्रजापतिले पनि मन्तव्य राख्दै आफू विद्यालयमा पढ्दका सुुखद अनुभव र उच्च न्एब् ल्याउनका लागि कसरी अध्ययन गर्ने भन्ने विषयमा सुझावहरू शेयर गरेका थिए ।  
विद्यालयका इन्चार्ज विश्वेश्वर मानन्धरले सञ्चालन गरेको उक्त औपचारिक कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई मायाको चिनो वितरण गरिएको थियो । औपचारिक कार्यक्रमपछि हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको समूहले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो । २०८२ सालको एसइईमा वागीश्वरी माविबाट सम्मिलित जम्मा ३५१ विद्यार्थीमध्ये २९१ जना उत्तीर्ण भएका हुन् ।