भक्तपुर, २८ असोज । पतञ्जली योग समिति भक्तपुरको आयोजनामा ६४औँ १५ दिने सहयोग शिक्षक तालिम समापन भएको छ। महिलापतञ्जली योग समिति भक्तपुरको सहकार्य तथा पतञ्जली भक्तपुर नगर योग समिति र महिला पतञ्जली भक्तपुर नगर योग समितिको व्यवस्थापनमा महाकाली योग साधना केन्द्रमा तालिम मंगलबार समापन गरिएको हो।
पतञ्जली योग समिति भक्तपुरका सङ्गठन सचिव केशव राज गजुरेलको संयोजकत्वमा आयोजित तालिमको उद्घाटन बागमती प्रदेश प्रभारी गुरु ग्रुभेन तौजलेले गर्नुभएको थियो। तालिमको पहिलो सत्र सञ्चालन गर्नुभएकाे तौजलेले समापनसत्र पनि सञ्चालन गनुभएकाे थियाे ।
कार्यक्रममा पतञ्जली योग समितिका बागमती प्रदेश कोषाध्यक्ष राजेश कसुला, सचिव कृष्णराम गणेश, पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष रामप्रसाद घिमिरे, महिला पतञ्जली योग समिति भक्तपुरकी अध्यक्ष सुनीता श्रेष्ठ, पतञ्जली भक्तपुर नगर समितिका अध्यक्ष पूर्णबहादुर मगर तथा महिला पतञ्जली भक्तपुर नगर समितिकी अध्यक्ष सानु मानन्धरलगायतको उपस्थिति थियो।
तालिमले योगसम्बन्धी ज्ञान, अभ्यास र शिक्षण सीप अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रम सफल बनाउन उपस्थित जिल्ला तथा नगर तहका पदाधिकारी र सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गरेको छ । आयाेजकका अनुसार तालिम प्राप्त सहयोग शिक्षक हरूलाइ प्रमाणपत्र वितरण भने अर्काे कार्यक्रम आयाेजना गरि गरिने जनाइएकाे छ ।












Leave a Reply