श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको सिंहावलोकन कार्यक्रम एक समारोहबीच शनिबार हबनब रिसोर्टमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै संस्थाका संस्थापक सल्लाहकार लक्ष्मी भक्त कवाँले मानिसले जे रोप्छ त्यही नै फल्ने भएकोले मेहनत परिश्रम नगरी सफलता प्राप्त नहुने कुरामा जोड दिनुभयो । संस्थाको समिति, उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरुको सहकार्य र सकारात्मक सोच विना कुनै पनि सहकारी अगाडि बढ्न सक्दैन । त्यसैले सम्पूर्णले आ-आफ्नो क्षेत्रबाट साथ सहयोग गर्न आवश्यक छ उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न उपसमितिगत रुपमा छलफल गरी साधारण सभाका सकारात्मक तथा सुधार्नुपर्ने पक्षबारे रमेश ग्वाछा, मीना मचामसि, प्रकाश बा हालालगायतले प्रस्तुतिकरण गरिएको थियो । संस्थाका अध्यक्ष कृष्ण नारायण मचामासीको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक सल्लाहकार गणेशराम सुवाल, कानूनी सल्लाहकार विकल प्रजापति सचिव श्रीप्रसाद तुईतुई र व्यवस्थापक दिनेश ग्वाछाले कार्यक्रमको अौचित्यबारे आआफ्ना धारणा राखेका थिए।
श्रमिकमा सिहावलोकन












Leave a Reply