सप्तकौशिका सहकारीको अध्यक्षमा पुनः गोविन्द श्रेष्ठ

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित सप्तकौशिका बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः गोविन्द कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । ४ वर्षे कार्यकालका लागि उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा विन्दुराम श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण शुद्धकार सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभाबाट संचालक सदस्यहरुमा धनकृष्ण श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ, कान्छाकाजी श्रेष्ठ, राजन श्रेष्ठ र अष्ट बज्र बज्राचार्य निर्वाचित हुनुभएको छ । त्यसैगरि लेखासमिति संयोजकमा शंकर प्रसाद काफ्ले तथा सदस्यद्धयमा रामकृष्ण श्रेष्ठ र समन बज्राचार्य चयन हुनुभएको छ । संस्थाका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले संस्थसाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासमा सप्तकोशिका साकोस निरन्तर क्रियाशिल रहेको बताउनु भयो । संस्थाका सचिव विन्दुराम श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण शुद्धकारले संस्थाका आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष राजभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रम शंखधर बैंक्वेटमा भएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्य रत्नकाजी पति श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *