वन तथा वातावरण संरक्षण अभियानमा निरन्तर सक्रिय…….

वन डढेलो नियन्त्रण तालिमदेखि अन्तर्राष्ट्रिय जलवायु सम्मेलनसम्म हरित स्वयंसेवकको प्रतिनिधित्व सुनिश्चित गर्न माग सात वर्षदेखि वन तथा वातावरण संरक्षण अभियानमा निरन्तर सक्रिय हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसेको सम्बन्धित निकायसँग ध्यानाकर्षण

जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ। वनजङ्गल विनाश, वन डढेलो, वातावरण प्रदूषण, जैविक विविधताको ह्रास तथा प्राकृतिक विपत्तिका कारण मानव जीवन र पर्यावरणमा गम्भीर असर परिरहेको छ। यस्ता चुनौतीको समाधानका लागि विश्व समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। यस सम्मेलनमा जलवायु परिवर्तन नियन्त्रण, वातावरण संरक्षण, वन तथा जैविक विविधताको संरक्षण र दिगो विकासका विषयमा विश्वका विभिन्न देशका प्रतिनिधिहरूले छलफल गरिरहेका छन्। यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाका हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे विगत सात वर्षदेखि वन तथा वातावरण संरक्षणको अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

वन डढेलो नियन्त्रण, वन क्षेत्रको सरसफाइ, समुदायमा वातावरणीय सचेतना अभिवृद्धि, जैविक विविधता संरक्षण, वृक्षरोपण तथा हरित उद्यम प्रवर्द्धनजस्ता गतिविधिमा उहाँको निरन्तर सक्रियता रहँदै आएको छ। स्थानीयस्तरमा प्रत्यक्ष रूपमा वन तथा वातावरण संरक्षणमा काम गर्दै आएका हरित स्वयंसेवकहरूको अनुभव, ज्ञान र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गरिनुपर्ने चालिसेको धारणा छ। उहाँले वन डढेलो नियन्त्रणसम्बन्धी तालिम, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी तथा वातावरण संरक्षणका कार्यक्रमहरूमा हरित स्वयंसेवकहरूको पनि निश्चित कोटा निर्धारण गरी प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। वर्षौंदेखि समुदायमा प्रत्यक्ष रूपमा वन संरक्षण, डढेलो नियन्त्रण, वातावरणीय सचेतना र जलवायु अनुकूलनका क्षेत्रमा काम गर्दै आएका स्वयंसेवकहरूलाई यस्ता महत्वपूर्ण कार्यक्रमबाट बाहिर राखिनु उचित नहुने उहाँको भनाइ छ।

स्थानीय अनुभव र व्यावहारिक ज्ञान भएका हरित स्वयंसेवकलाई तालिम, सम्मेलन तथा नीति निर्माणसम्बन्धी छलफलमा सहभागी गराउन सकेमा वन तथा वातावरण संरक्षण अभियान अझ प्रभावकारी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। सम्बन्धित निकायसँग विशेष माग तथा ध्यानाकर्षण वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण विभाग, वन कार्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयोजक संस्था र सम्बन्धित सरोकारवाला निकायसमक्ष निम्न मागहरू राखिएका छन्।

१. वन डढेलो नियन्त्रणसम्बन्धी तालिममा हरित स्वयंसेवकका लागि निश्चित कोटा निर्धारण गरियोस्।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा हरित स्वयंसेवकको प्रतिनिधित्व सुनिश्चित गरियोस्।

३. वातावरण संरक्षण तथा वन व्यवस्थापनसम्बन्धी नीति निर्माण र छलफलमा स्थानीय स्वयंसेवकको अनुभव समेटियोस्।

४. वन संरक्षणमा निरन्तर योगदान पुर्‍याउने स्वयंसेवकलाई उचित सम्मान, पहिचान र प्रोत्साहन प्रदान गरियोस्।

५. स्थानीय समुदायमा काम गर्ने हरित स्वयंसेवकलाई क्षमता विकास, तालिम तथा अवसर प्रदान गरियोस्।

हाम्रो स्पष्ट सन्देश वन जोगाउने अभियानमा प्रत्यक्ष रूपमा खटिने हरित स्वयंसेवकको आवाज पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सुनिनुपर्छ। वन डढेलो नियन्त्रणदेखि जलवायु परिवर्तनका चुनौती सामना गर्नेसम्म स्थानीय स्वयंसेवकको भूमिका महत्वपूर्ण छ। हरित स्वयंसेवकलाई केवल अभियानमा खटाउने मात्र होइन, तालिम, सम्मेलन, नीति निर्माण र निर्णय प्रक्रियामा समेत सहभागी गराउनुपर्छ। सात वर्षको निरन्तर अभियान, वन तथा वातावरण संरक्षणप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्थानीय अनुभव प्रस्तुत गर्ने चाहनासहित हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसेले सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउनुभएको छ।

समाचार तथा प्रस्तुति: शारदा प्रसाद चालिसे हरित स्वयंसेवक संयोजक, सिन्धुपाल्चोक

वन जोगाऔँ, वातावरण बचाऔँ। हरित स्वयंसेवकलाई सम्मान, अवसर र प्रतिनिधित्व दिलाऔँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *