लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल बागमती प्रदेश अधिवेशन हुने

अधिवेशन मंसिर २३ गते धादिङमा हुने
काठमाडौं, कार्तिक
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल बागमती प्रदेश कमिटीको बैठक आज सम्पन्न भएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष क. कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यता र महासङ्घका बागमती प्रदेश अध्यक्ष क. बासु श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महासङ्घको बागमती प्रदेश अधिवेशन आगामी २०८३ मंसिर २३ गते धादिङमा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले बागमती प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला कमिटीहरूको अधिवेशन प्रदेश अधिवेशनभन्दा अगावै सम्पन्न गरिसक्ने निर्णयसमेत पारित गरेको छ ।
त्यसैगरी, प्रदेश अधिवेशनको तयारीलाई तीव्रता दिन बैठकले विभिन्न जिम्मेवारीहरू बाँडफाँट गर्दै अधिवेशनको व्यवस्थापन, संगठनात्मक तयारी तथा आवश्यक समन्वयसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
बैठकले प्रदेश अधिवेशनलाई संगठन सुदृढीकरण, आदिवासी जनजाति समुदायको राजनीतिक तथा सांगठनिक परिचालन र नेतृत्व विकासको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *