ख्वप साकोसद्वारा
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को यही २०८३ पुष ४ गते हुने संस्थाको गरिमामय १९औँ वार्षिक साधारणसभाको प्रचारार्थ आज ब्यासी टोलमा सरसफाइ कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका सदस्यहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघुले सरसफाइ सभ्यताको चिनारी भएको बताउँदै शेयर सदस्यहरूलाई आगामी साधारणसभाबारे जानकारी गराउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत टोलको सरसफाइमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आफ्नो घरआँगन तथा वरपरको वातावरण सफा राख्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभयो।












Leave a Reply