नगरकोटमा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन

भक्तपुर — भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित बाख्रीगाउँ पसल डाँडामा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन गरिएको छ।

२०८३ मङ्सिर १२ गते शनिबार बिहान ९ बजे आयोजित वडा अधिवेशनले सहिद गजेन्द्र तामाङको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको हो।

पार्टीका जिल्ला सभापति छन्दविज्ञान निरौलाको आतिथ्यतामा सम्पन्न अधिवेशनले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ र विस्तार गर्ने उद्देश्यसहित नयाँ वडा कमिटी गठन गरेको जनाइएको छ।

अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *