जहाँं दिनभर साहित्यिक र राति साँंस्कृतिक कार्यक्रम हुन्छ….

मध्यपुर थिमि । विभिन्न भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित २८ औँ विविध भाषा साहित्य सम्मेलन आज भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका–७, कुम्हालाछी नगदेशको खुल्ला ठाउँंमा आयोजित सम्मेलन दिनभर चलेको थियो । साहित्य सम्मेलनमा विभिन्न भाषा र साहित्यका सर्जक, साहित्यकार, संस्कृतिकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो । सम्मेलनसँगै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । नेपाली समाजमा बोलिने विभिन्न मातृभाषा, तिनको साहित्यिक सिर्जना र मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक २८ औँ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष रामकृष्ण दुवालले जानकारी गराउनुभयो ।
सम्मेलन दुई चरणमा भएको थियो । पहिलो चरणमा दिनभर विभिन्न भाषाभाषिका नयाँं तथा पुरारा साहित्यकारहरुले आआफनो साहित्य वाचन गरेका थिए । साथै बिभिन्न विषय विज्ञहरुले वीचवीचमा आआफनो विषयबारे जानकारी दिएका थिए । राजनीतिज्ञ, शिक्षा, स्वास्थ्य, सम्पदा, संविधानविद्, कानुनविद्, वकिल, पत्रकारलगायतका विषय विज्ञहरुले आआफनो विज्ञताबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका राजनीतिक व्यक्तित्वहरुले पनि बोल्नुभएको थियो । साथै वीचवीचमा विभिन्न गीतसंगीतको पनि कार्यक्रम थियो । पहिलो चरणको कार्यक्रम साँंझ सात बजे सकेपछि दोश्रो चरणको कार्यक्रम सुरु भएको छ । यस क्रममा राति अबेरसम्म साँंस्कृतिक कार्यक्रम हुनेछन् ।
‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने मूल भावनासहित प्रत्येक वर्ष निरन्तर मध्यपुर थिमिका फरकफरक वडाहरुमा आयोजना हुँदै आएको सम्मेलनले विभिन्न भाषाभाषी समुदायबीच साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउँदै आएको आयोजकको भनाई छ । यसअघि २६ औँ सम्मेलन २०८१ कात्तिक १७ गते मध्यपुर थिमिको बोडेको लायकुमा सम्पन्न भएको थियो ।
यसअघि कार्यक्रमको उदघाटन स्थानीय रामकृष्ण बाडेल गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रमपछि आयोजक कोषाध्यक्ष राजेन्द्र कवाडीले हिसाव किताव सार्वजनिक गर्नुभएको थियो भने सचिव अशोक अवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । २७ औँ सम्मेलनको तयारीका क्रममा पनि आयोजकले भाषा, साहित्य र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *