भक्तपुर । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा किपाग्राफि भक्तपुरले “सिकौं र सिकाऔं”भन्ने नाराका साथ फोटो कन्टेष्ट इन फोटोवाल्क शीर्षकमा फोटो प्रतियोगिताको आयोजना गरी मनाइयो ।
संस्थाका उपाध्यक्ष पदमसुन्दर शाक्यले किपाग्राफि भक्तपुरले संस्थाको स्थापनाकालदेखि नै विश्व फोटोग्राफि दिवसमा विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको र यसपटक विभिन्न ठाउँमा छरिएर रहेका फोटोग्राफरहरुलाई एकै ठाउँमा संगठित गरी “सिकौं र सिकाऔं”भन्ने उद्घेश्यले पहिलो पटक फोटो कन्टेष्ट इन फोटोवाल्कको आयोजना गरिएको बताउनुभयो ।
सो कार्यक्रममा निर्णायकद्वय नारायणप्रसाद बोहजु तथा लक्ष्मण कर्माचार्यले फोटो प्रतियोगितामा प्राप्त फोटाहरु उच्च कोटीको भएको र विश्व फोटोग्राफि दिवसको महत्वकोबारेमा चर्चा गर्नुभएको थियो ।










