भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापति 

२० औँ एसियाली खेलकुद: गुवाहाटीमा नेपाली बक्सिङ टोलीको वैदेशिक बन्द प्रशिक्षण, महासङ्घका महासचिवसहितको प्रतिनिधिमण्डलद्वारा स्थलगत निरीक्षण
काठमाडौँ।
जापानको आइचि-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिता (20th Asian Games 2026) को पूर्वतयारी स्वरूप नेपाली बक्सिङ टोलीको भारतको गुवाहाटी, आसाममा उच्चस्तरीय वैदेशिक बन्द प्रशिक्षण (Closed Camp) जारी रहेको छ। स्पोर्ट्स अथोरिटी अफ इन्डिया (SAI) को आसामस्थित क्षेत्रीय कार्यालयको विशेष समन्वय तथा प्राविधिक सहयोगमा यो प्रशिक्षण सञ्चालन भइरहेको हो।
गुवाहाटीमा सञ्चालित बन्द प्रशिक्षण शिविरको नेपाल बक्सिङ महासङ्घका महासचिव मान बहादुर भण्डारी , कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ सङ्घका अध्यक्ष रामचन्द्र थापामगर, अन्तर्राष्ट्रिय निर्णायक (International Referee/Judge) सन्तोष आले मगर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक (International Coach) रमेशदास श्रेष्ठ सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डलले स्थलगत निरीक्षण एवं अनुगमन गरेको छ।
सहभागी खेलाडी तथा प्रशिक्षक टोली:
वैदेशिक प्रशिक्षणमा ३ महिला र ४ पुरुष गरी कुल ७ जना खेलाडी र २ जना प्रशिक्षक गरी ९ जनाको टोली सहभागी छ। टोलीको मुख्य प्रशिक्षक (Head Coach) मा राज श्रेष्ठ र प्रशिक्षकमा दिपक महर्जन रहनुभएको छ।
 महिला वर्ग:
 ५१ केजी: रमिशा श्रेष्ठ
 ५४ केजी: अस्मिता दुवाल
 ६५ केजी: कुसुम तामाङ
 पुरुष वर्ग:
 ५४ केजी: चन्द्रबहादुर थापा
 ६० केजी: खगेन्द्र रोका मगर
 ७० केजी: दानबहादुर दर्लामी मगर
 ९० केजी: रबिन नेपाल
निरीक्षणका मुख्य विवरण:
 पूर्वाधार र प्राविधिक अवलोकन: प्रतिनिधिमण्डलले SAI को अत्याधुनिक खेल पूर्वाधारमा भइरहेको प्राविधिक सेसन, स्पारिङ (Sparring), खेलाडीहरूको शारीरिक फिटनेस, डाइट तथा स्वास्थ्य अवस्थाको प्रत्यक्ष निरीक्षण गर्‍यो।
 रणनीतिक छलफल: महासङ्घका पदाधिकारी तथा अन्तर्राष्ट्रिय विज्ञहरूसहितको टोलीले हेड कोच राज श्रेष्ठ र प्रशिक्षक दिपक महर्जनसँग खेलाडीको प्रदर्शन र तयारी रणनीतिका विषयमा गहन छलफल गर्‍यो।
 उच्च मनोबल र प्रोत्साहन: निरीक्षणका क्रममा पदाधिकारीहरूले खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणको अधिकतम उपयोग गर्दै २० औँ एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक पदक दिलाउने लक्ष्यका साथ प्रस्तुत हुन प्रोत्साहन र शुभकामना व्यक्त गरे।
स्पोर्ट्स अथोरिटी अफ इन्डियाको उच्चस्तरीय प्राविधिक वातावरणमा भइरहेको यो वैदेशिक बन्द प्रशिक्षणले नेपाली बक्सिङ टोलीको क्षमता अभिवृद्धि गरी एसियाली खेलकुदमा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने महासङ्घले विश्वास लिएको छ। साथै आगामी दिनमा पनि प्रशिक्षणलाइ निरन्तरता दिनका सम्झौता गर्ने भएको छ । र महासचिव भण्डारीको समन्वयमा नेपाली बक्सिङ टोलिलाइ टिसर्ट र ट्राकसुट वितरण गरिएको छ सो को प्रायोजक अमेरिका निवासि बक्सिङ प्रशिक्षक धुर्व लाल श्रेष्ठ र बिजय सिंह डंगोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *