भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिले राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरेको बाल चित्रकला कार्यशाला शनिबार भक्तपुर दरवार क्षेत्रमा सम्पन्न भयो ।
संस्थामा भएको औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक हरिराम लवजूले संस्थाले प्रत्येक बर्ष संस्थाको बाल सदस्यहरुको लागि चित्रकला कार्यशाला आयेजना गर्दे आएको बताउनुभयो । चित्रकला विज्ञ रुजल कायष्ठले बाल सदस्यहरुको लागि चित्र कोर्दा ध्यान दिन पर्ने कुराहरु बारे मार्ग निर्देशन गर्नुभयो । कोषध्यक्ष प्रमिला रंजितले आफुु भन्दा ठुला मान्छेले दिएको सानो सानो रकम जम्मा गरि संस्थामा जम्मा गर्न प्ररित गर्नुभयो ।
महिला तथा बालबालिका उपसमिति संयोजक गिता लवजू दुवालको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा उपसमिति सदस्य तुमला कोजूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अलिशा मानन्धरले स्वागत गनुभएको थियो । बाल चित्रकला कार्यशालामा जम्मा ७७ जना बाल सदस्यहरुको सहभागिता रहेको थियो ।
बाल चित्रकला कार्यशाला सम्पन्न












Leave a Reply