होस्टल व्यवसायी संघ भक्तपुरको कार्यालय उदघाटन

भक्तपुर । होस्टल व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरको कार्यालय उदघाटन गरिएको छ । केन्द्रिय अध्यक्ष किरण शर्माले जिल्लाको सल्लाघारीमा आइतबार एक कार्यक्रमवीच उदघाटन गरेका हुन् । कार्यक्रमको क्रममा विजया दशमीको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष गणेश श्रेष्ठ, उपाध्यक्ष अनु सिटौला, सचिव मीना महतलगायतले शुभकामना व्यक्त गरेका थिए । साथै काठमाडौ, ललितपुरका अध्यक्षहरु, निर्वतमान अध्यक्षहरु तथा सल्लाहकारहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा विभिन्न व्यक्तिहरुले १५,१०,५ हजार कार्यालयका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *