स्वतन्त्र पत्रकार संघ भक्तपुरको कार्यालय उदघाटन

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको कार्यालय उदघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमवीच भक्तपुरको कमलविनायकमा कार्यालय उदघाटन गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार कृष्ण किसी, संघका केन्द्रिय सदस्यद्धय प्रेमध्वज लामा र सुरेशप्रसाद सैंजूले संयुक्त रुपमा एक कार्यक्रम गरी कार्यालयको उदघाटन गरेका हुन् ।
कार्यक्रममा राष्टिय समाचार समितिमा नियुक्त हुन सफल संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासुलाई बधाई दिइयो । साथै संघको केन्द्रिय सल्लाहकारमा मनोनित कृष्ण किसीलाई पनि बधाई दिइयो । साथसाथै जिल्ला शाखाको कोषाध्यक्षमा मनोनित शान्त लाकाजूलाई पनि बधाई दिइयो ।
संघको हालै पोखरामा बसेको केन्द्रिय समितिको बैठकबाट पत्रकार किसी केन्द्रिय सल्लाहकारमा मनोनित भएका थिए । साथै जिल्ला शाखाको हालै बसेको बैठकले शान्त लाकाजूलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरेका थियो । यसअघिका कोषाध्यक्ष प्रेमध्वज लामा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्ला कोषाध्यक्ष पद खाली रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार किसी, केन्द्रिय सदस्यद्धय लामा र सैंजू तथा कोषाध्यक्ष लाकाजूले स्वतन्त्र पत्रकार संघको विषयमा चर्चा गरेका थिए । कार्यक्रम संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम जिल्ला उपाध्यक्ष मणिराज लामिछानेले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

स्वतन्त्र पत्रकार संघ भक्तपुरको भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाको आयोजनामा भेटघाट कार्यक्रम सोमबार भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले पत्रकारिता हुनुपर्नेमा जोड दिएका छन् ।
[[img2]]
उपत्यकास्तरीय पत्रकारहरुको भेलाका सहभागीहरुले पत्रकारहरुले पक्षविपक्षमा नभई स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउनुपर्ने बताए ।
[[img3]]
काँंग्रेसको पत्रकार, कम्युनिष्टको पत्रकार नभई सही कुरा लेख्ने स्वतन्त्र पत्रकार हुनुपर्नेमा उनले जोड दिए । स्वतन्त्र पत्रकार संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष केवी सम्राट पत्रकार भन्नु नै स्वतन्त्र, स्वतन्त्र भन्नु नै स्वतन्त्र पत्रकार भएको बताए ।
[[img4]]
आयोजक संघका भक्तपुर अध्यक्ष डा इन्दुल केसी, सचिव रेणु त्वानाबासुलगायतले जथाभावी लेख्ने पत्रकारका कारण पनि देश विग्रेको भन्दै स्वतन्त्र पत्रकारितामा जोड दिए ।
[[img5]]