तपाइँ नेपालमा महंगो भयो भनेर गुनासो गर्नुहुन्छ अब सोच्नुहोस त अहिले इरानले समुन्द्री बाटो बन्द गरिदिएको र हुथिले पनि समुन्द्री बाटो बन्द गरेर साउदिको ग्यास लाइन पाइप बन्द गरिरहेको बेला अब तपाइले पेट्रोल,डिजेल,ग्यास,मट्टीतेल कता बाट ल्याउनु हुन्छ? त्यो पनि नेपाल जो आफैमा न समुन्द्री तटले छुएको।त्यसै पनि अहिले साउदिले भनिसक्यो अब नोभेम्बर भरी मात्र म पेट्रोल डिजेल दिन सक्ने स्थितीमा छु त्यसपछि म सक्दिन।मेरै देशमा छैन।उता हुथी बौलाहाएर भए भरको पाइप्लाइम काट्दै बसिरहेको छ अनि अमेरिका हुथीलाई फकाउदै छ।फेरि हुथी मान्ने वला छदै छैन।
अर्को तिर अहिले साउदिमा तेलको भाउ बढेर रियल २.३३ र रियल २.१३लिटर प्रती छ पेट्रोल मात्र।जहाँ उत्खनन हुन्छ पेट्रोल त्यही रियल २.३३ छ भने यसरी हिसाब गर्नुहोस अब।२.३३* ४०.३२=९३.९४ नेपाली रुपैया त यहि साउदीका मान्छेहरुले तिर्दै छन अहिले😂😂अनि नेपालमा यहि तेल आइपुग्दा रु.१९७ देखि २०० सम्म पर्न जान्छ किन त भन्दा अरबिक राष्ट्रको समुन्द्री बाटो हुँदै ईन्डिया अनि इन्डिया बाट ट्यांकर हुँदै नेपाल आइपुग्छ पेट्र्ल डिजेल ग्यास हरु।अनि परेन त महंगो ?
अब सामन किन महंगो भएको रे साउदीको तुलनामा हेर्ने हो भने अहिले साउदीले प्रत्येक सामानमा १५% कर लगाएको छ।जस अन्तर्गत हामीले नेपालमा खाने कोकोला २५० mlको है,यहाँ आफै बनाउछ साउदिले त्यसको पर्छ १.५ रियल अर्थात नेपाली रुपैया अनुसार ६०.४९५ पर्न जान्छ त्यो पनि दोकानमा गएर किनेर खायो भने होटेलमा किनेर खाने हो भने सिद्धै २.५० रियल पर्न जान्छ अर्थात १०० रुपैया पर्न जान्छ भने पछि सोच्नुहोस त आफ्नै देशमा आफ्नै कच्चापदार्थ प्रयोग गर्दा त यहाँ यति महंगै छ साउदीका जनता चु समेत गर्दैनन अनि हामी नेपाली चाहिँ यो बढ्यो त्यो बढ्यो भनेको छ बिरोध गर्या छ। खेत हुनेले आफ्नै जमिनमा जोतेर तोरिको तेल उब्ज्याउ,आफ्नै खेतमा धान रोपेर भात खाउ त कती सस्तो पर्छ पर्छ।बिलासी भएर सहर पसेर अभियानता,नेता भएर आफ्नो खेत बाझो राखेर महंगो भो महंगो भो रे।गाला साला फुट्ने गरि दिनु जस्तो।
यी Sunil Angbo दाइ छन एक जना जो काठमाडौ ६ महिना बसेर आदर्शको कुरा छाट्छन अनि ६ महिना गाउमा गएर कहिले अलैंची रोप्छन कहिले धान फलाउछन कहिले के फलाउछन अनि त्यो बेचेर काठमाडौ आएर नेता बन्छ्न।हो उहाहरुले।महंगो भयो भन्दा सुहाउछ तर Ramesh Rawat Vikrant Dalmardan Kami लगायत जेन्जी भनी हिड्ने हरुले चाहिँ महंगो भयो भनेको सुहाउदैन है।
अनि अर्को कुरा Rastriya Swatantra Party – RSP को सरकारले किसान हरुलाइ उचित मुल्य सहित बजार चाहिँ दिनुपर्छ है अनि मात्र तेल,चिनि, आलु,प्याज,लसुन जस्ता हाम्रै खेतमा उब्जनी हुने प्रकारहरुको भाउ सस्तो हुन जान्छ।हामी आयत ज्यादा गरिरहेको छौ जसको कारणले आज हामीलाई यति सम्म बानी पर्यो कि घर मै करेसा बारीमा उब्जिने सयपत्री फुल पनि आयत गरिरहनु परेको छ।हामी कति सम्म अल्छे भयो भने स्वस्थ खाने भन्दा पनि सस्तो खानेमा लागि सक्यौ जसले गर्दा हामी आज ६० बर्ष बाच्न पनि मुस्किल छ।
साउदी जस्तो देशले स्वास्थ खान आफ्नो देशको जनतालाइ दिन हरदम प्रयास गर्छ तर बिचरा उ चाइना,भारत, पाकिस्तान जस्तो।देशको भर परिरहनु परेको छ र पनि सस्तो र भरपर्दो दिन हर कदम प्रयासरत छ।
अब अन्तिम अन्तिममा,
साउदीका जनता किन सरकारको बिरोध गर्दैनन भने यहाको जनताले जागीर पाएन वा जागिर गर्दा गर्दै पनि बिना कारण उ बेरोजगार हुनुपर्यो भने त्यो जनताको भार यहाको सरकारले चुकाउछ अर्थात मासिक तलब जसरी नै यिनिहरुलाइ सुबिधा दिन्छ र उसको योग्यता अनुसार अर्को काम।पनि दिन्छ तर नेपालीहरु जस्तो ह्या गर्दिन भन्न चाहिँ पाउदैन।म नेता बन्छु मलाई महंगो भयो भनेर पनि बिरोध गर्न पाउदैन्😂😂😂
अब नेपालमा के गरिनुपर्छ र गरिनुपर्थ्यो अहिले सम्म:-
अहिलेसम्म त यस्तो बिचार सायद प्रचण्ड, ओलि,देउवाहरुलाइ आएन होला सायद तर बालेनले पक्कै सोचेको होलान । यो पक्कै पनि ५-१० बर्षमा हुने कुरै हैन नेपालको हकमा।यति धेरै कानुन र नियाम बिगारिएको देशमा थोर बहुत समय चाहिँ लाग्छ। यी दस काम गरम:-
पहिलो काम:-कोहि नेता वा अभियानता हुन इच्छा राख्छन भने उसको सम्पत्ति कम्तिमा अमेरिकि ५,००,००,००० मिलियन डलर पुजीँ वा त उसको घरको कोहि ब्यक्तिले काम गरेर गुजारा चल्ने हुनुपर्यो।अनि देशमा भ्रस्टाचार हुदैन र हिजो एमाले, काङ्ग्रेस, नेकपाले कुमल्याए जस्तो कुमल्याउन पाउदैन।अनि प्रत्येक बर्ष त्यसको नेताको(निर्वाचित वा पराजित) अडिट हुनुपर्यो।अनिनेता बन्नलाइ कम्तीमा +2 पास गरेको हुनैपर्ने।
दोश्रो काम:- सबै खाले कानुन बनाएर कानुन भन्दा माथी कोहि छैन भन्ने बिश्वस्त दिलाउने/बनाउने Sudan Gurung
तेस्रो:- दोश्रो मुलुकबाट आएकाहरुलाइ जबर्जस्ति देशबाट खेदाएर भए पनि रोजगारी प्रदान गर्ने।रोजगारी गर्न नचाहनेलाई सबै सुबिधा बाट बन्चिं गरिदिने।योग्यता अनुसार दिनमा ८ घन्टा काम गर्नै पर्ने बाताबरण सिर्जना गर्ने जसको लागि कानुन नै बनाउन परे पनि बनाउने
चौथो:- कमाएको मूल्य बराबरको हिसाब सरकारले राखेर त्यसको केही हिस्सा सरकारले संचय कोष जस्तै एउटा आपतकालीन कोष खडा गरेर नडुब्ने गरि सरकारका स्वामित्वमा रहेको कम्पनीहरुमा लगानी गर्ने।
पाचौं:- चौथो बुँदा सम्म आउदा अब सरकारले जनतलाइ निशुल्क स्वास्थ्य,शिक्षा आदि कुरा दिनलाइ देशको सक्षम भएको हुन्छ।अनि वृद्ध भत्ता कटाएर तलब अलिक उच्च राखेर बृद्द आश्रमहरु बन्द गराएर छोराले अनिवार्य पाल्नु पर्ने र छोरा नभएको खण्डमा छोरी ज्वाइले अनिवार्य मृत्यु नभई जेलसम्म राम्रो रेख देख गर्ने भनेर कानुन नै बनाएर प्रत्येक महिना छड्के चेक जाँच स्म्म गर्ने हो भने धेरै कुरा सुधार हुन्छ
छैटौं:- आयत भन्दा निर्यातमा ध्यान दिने नेपालमै उत्पादन हुन सक्ने बस्तुहरु जेजे हुन्छ सबै नेपाल मै उत्पादन गर किसानलाई लगाउने अनि उचित मूल्य दिने जसले मान्दैन त्यसको जग्गा सरकारले राखेर अर्को इच्छुक ब्यक्तिलाइ दिने।
सातौं: सरकारले गरेको निर्णय(गलत छन छैन भनेर स्वतन्त्र बिज्ञ टोलीले अध्यन गर्ने)त्यो भन्दा माथी कुनै पनि तहले गएर त्यसलाइ खन्डन गर्न नपाउने गरि कानुन बनाउने। Balen
आठौं:-पुर्बधार बिकासमा एक दम ध्यान दिने।काम नगर्ने ठेकदार तर्साएर हुन्छ कि ढ्याङ्रो ठोकेर हुन्छ काम गराउने अनि ढिल गरे बापतको सअजाय चाहिँ ठेक्का योजना सम्पन्न गरेको भोलि पल्टै उसको लाइसेन्स रद्द गरिदिने आजिबनको लागि। Er. Sunil Lamsal
नवौं :- पत्रकार बन्नलाइ पनि कम्तिमा पत्रकारीता सम्बन्धी स्नातक तह पढेको हनै पर्ने र मिडिया हाउस संचालन गर्ने कार्यबिधी अलिक कडा नबनाउने हो भने Jana Aastha हरु साइजमा आउछन नत्र अनाब सनाब बकी रहन्छन। Press Council Nepal
दशौं:- यी सब काम गरिसके पछि लगभग देशमा धेरै कुरा कायपलट हुन्छ त्यसपछि युवाहरु करले बिदेशीनु पर्ने दिनको अन्त्य हुन्छ।
तर गर्छ कसले अनि गर्न देलान त नेपालका आलुपाडे- बिज्ञ,पत्रकार,अभियानता,पुराना दलका दलाहरुले?












Leave a Reply