स्तन क्यान्सर सचेतना र्‍यालीको आयोजना

Pink October अर्थात् स्तन क्यान्सर सचेतना महिनाको अवसरमा यस रक्षा क्यान्सर केय​र सोसाइटीद्वारा स्तन क्यान्सर सचेतना र्‍यालीको आयोजना गरेको हो। यस र्यालीमा विभिन्न संघसंस्थाका करिब ७०० जनाको सहभागीता रहेको थियो। यस र्‍यालीको उद्घाटन वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य साथै स्तन क्यान्सर विजेताद्वय वरिष्ठ गायिका मिरा राणा तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रूपमा गर्नुभएको थियो। भृकुटी मण्डपबाट सुरु भएको सो र्याली स्तन क्यान्सर सचेतनालाई अझ प्रभावकारी बनाउन र जनमानसमा फैलाउन धरहराको चारकुनाबाट गुलाबी रङको कपडा फहराइएको थियो। रक्षा क्यान्सर केय​र सोसाइटीकी अध्यक्ष डाक्टर सृष्टि श्रेष्ठ प्रजापतिले बढ्दै गइरहेको स्तन क्यान्सर समयमा नै उपचार भयो भने पूर्णरूपमा निको हुने र जनमानसमा सचेतना भयो भने यसबाट बच्न पनि सकिने बताउनुभयो| यस संस्थाले सचेतनाको लागि सहभागी र सहभागीहरूलाई निःशुल्क मेमोग्राफी अर्थात् स्तन क्यान्सर परीक्षण पनि निःशुल्क गराउँदै आइरहेको बताउनुभयो। र्‍याली विभिन्न वक्ताहरूको महत्त्वपूर्ण सन्देश सहित बसन्तपुर दरबार क्षेत्रमा समापन भएको थियो। उक्त र्‍यालीमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, इनरविल डिस्ट्रिक्ट ३५० का विभिन्न पदाधिकारी, क्यान्सर सर्भाइभरहरू, पप गायक धीरज राई, कलाकार तथा गायक यमन श्रेष्ठ, मिस नेपाल वर्ल्ड दीपमाला ढकाल, साथै विभिन्न राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता थियो।|

Leave a Reply

Your email address will not be published. Required fields are marked *