सत्यराम कासिछ्वा
भक्तपुर, २५ असोज
समय बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजुले इमानदारीका साथ सदस्यहरूको बचतलाई विभिन्न किसिमका बाधा व्यवधान र चुनाैतिमा पारदर्शि रूपमा प्रयोग गरि एकआपसमा सहयोग र सहकार्य नै सहकारीको मूल मर्म भएको बताउनुभयो । संस्थाका उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा स्वागत गर्दै मजदुर र किसान वर्गका जनता बैंक जस्ता वित्तीय संस्थामा सहजै पहुँच नहुँदा उद्योग व्यवसाय संचालनका लागि आवश्यक रकम जुटाउन नसक्ने परिस्थितिमा सामाजिक उत्तरदायित्व बहनका लागि सामाजिक गतिविधि गरिरहेकाे जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सचिव लक्ष्मीप्रसाद छुस्याबागले सहकारी ठगहरुलाई कारबाही नगरी समुदायमा आधारित सहकारी संचालनमा समस्या ल्याउन विविध ऐन कानुन ल्याएको बताउँदै संस्थाको आ.व. २०८२/०८३ मा संचालन भएका विविध गतिविधि सहितको प्रगति प्रतिवेदन तथा आगामी वर्षको भावी कार्यक्रम तथा प्रस्ताव प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष लक्ष्मीप्रसाद गाइजुले २०८२/८३ को आर्थिक प्रतिवेदनमा आव २०८२/८३ को यथार्थ स्रोत ३१ करोड ४६ लाख ७४ हजार तीन सय सय सतहत्तर रूपैयाँ आव २०८३/८४ को अनुमानित स्रोत ३३ करोड ४ लाख ६ हजार पाँच सय पचहत्तर रूपैयाँ तथा आव २०८२/८३ को कुल यथार्थ आम्दानी रू.२ करोड ३३ लाख बैसठ्ठी हजार बाउन्न र २०८३/८४ को अनुमानित आम्दानी रू. २ करोड ४७ लाख ८० हजार चार सय त्रियानब्बे सार्वजनिक गर्दै आ.व. २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गर्दै गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक विक्रम ढुकुछुले ससाना देशमा भएको प्राकृतिक स्रोत साधन कब्जा गर्न ठूलठूला देश लाग्दा ससाना देशको पुँजी परिचालन राम्रोसँग नभएको अवस्थामा समुदायको सहकारी संचालनमा समस्या आएको बताउँदै २०८२/०८३ को प्रतिवेदन तथा समितिको तर्फबाट सुझाव प्रस्तुत गर्नुभयो । संस्थाका व्यवस्थापक कृष्णप्रसाद दुवालले ८% शेयर लाभांश वितरण गरेको उक्त साधारणसभामा ६५ % सहकारी सदस्यहरूको उपस्थिति रहेको जानकारी दिनुभयो ।












Leave a Reply