रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

भक्तपुर । भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा २ महिला र २८ पुरुष गरी ३० जना रक्तदाताले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी (नेरेसो) भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रम दामोदर श्रेष्ठको अध्यक्षता तथा ईश्वरलाल श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो।

आयोजकका अनुसार रक्तदानबाट संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा उपयोग गरिनेछ। नियमित रक्तदानले रगतको अभाव पूर्ति गर्न सहयोग पुग्ने भएकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *