सुनील सापकोटा
मो . ९८४२०२६२३३ भक्तपुर
हाल : सिडनी , अस्ट्रेलिया
आज २०८३ सालको दशैं पर्वको नवरात्रीको अष्टमी ! हाम्री माता देवी दुर्गालाई कहाँ खोज्ने ? मन्दिरहरू सजिए। देवीका मूर्तिमा फूल चढाइए र धूपदीप त बालिए।तर एउटा प्रश्न ! देवीको मूर्तिमा फूल चढाउने पुरुष हातले आफ्नै घरकी नारीलाई सम्मान गर्न किन सक्दैन ? नारीलाई देवी भनेर पूजा गर्ने समाजमा उनको स्वतन्त्रता किन असह्य हुन्छ ? छोरीलाई देवी भन्ने मुखले उसको सपनामाथि किन पहरा लगाउँछ? पत्नीलाई जीवन साथी भनिन्छ, तर उसको निर्णय गर्ने अधिकार किन स्वीकारिँदैन? यो कस्तो विडम्बना हो। नारीलाई देवी बनाउन तयार, तर मानिस मान्न तयार छैनौँ ! नारी न देवी हुन्, न दासी। न पूजा गर्ने वस्तु हुन्, न पुरुषको उपभोगको सा धन। उनी हामी जस्तै पूर्ण मानव त हुन्। समान सम्मान, अधिकार र स्वतन्त्रताकी हकदार। माता देवी दुर्गा आकाशबाट आउने कुनै चमत्कारी शक्ति होइनन्। दुर्गा त प्रत्येक नारी भित्र रहेको साहस, आत्मसम्मान र अन्यायविरुद्ध उभिने चेत ना हुन्। जब एउटी नारी अपमानविरुद्ध आवाज उठाउँछिन्, जब आफ्नो अधिकारका लागि निर्भय भएर उभिन्छिन। त्यहीँ दुर्गा जागे की हुन्छिन्। त्यसैले मन्दिर मा देवीलाई फूल चढाउनु राम्रो हो, तर घरकी नारीको आत्मसम्मान नदुखाउनु अझ ठूलो पूजा हो। छोरीको सोच र सपनालाई पखेटा दिनु, पत्नीको आवाज सुन्नु र आमाको इच्छालाई सम्मान गर्नु नै नारीशक्तिको साँचो आराधना हो। दुर्गालाई मन्दिरमा मात्र नखोजौँ। नारीको आत्मसम्मान, साहस र चेतनामा पनि दुर्गाको दर्शन गरौँ। सम्पूर्णमा नवरात्रिको हार्दिक मंगलमय शुभकामना!












Leave a Reply