भक्तपुर, असोज २५
भक्तपुरको दरवार क्षेत्रमा आज आइतबार साँंझ भव्य नृत्य प्रदर्शन गरिएको छ । साथै बाँंसुरी बाजाको पनि प्र
दर्शन गरिएको छ ।
भक्तपुरमा दसैंमा हुने ४६ औं नेपाल भाषा साहित्य सम्मेलनको प्रचारार्थ कार्यक्रम गरिएको थियो । कार्यक्रममा एक सय ३० भन्दा बढी कलाकारहरुले परम्परागत नृत्य प्रदर्शन गरेका थिए । उनीहरुले हाकुपटासी (स्थानीय कालो फरिया) को पोशाकमा सजिएर सामूहिक नृत्य प्रदर्शन गरेका थिए । साथै एक सय ५० जना बाँसुरी बाधकहरुले बाँंसुरीको धुन बजाएका थिए ।
४६ औ नेपाल भाषा साहित्य सम्मेलन प्रचारप्रसार समितिका संयोजक बलराम गोसाईले भव्य रुपमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । कार्यक्रम हेर्न हजारौं दर्शकको भीड लागेको थियो ।
यो वर्षको नेपाल भाषा साहित्य सम्मेलन कार्तिक ६ र ७ गते भक्तपुर नगरपालिका वडा नं ७ गोमारी यातामा हुँंदैछ ।
तःमुंज्या प्रचारार्थ भक्तपुरमा भव्य नृत्य प्रदर्शन












Leave a Reply