भक्तपुर, १७ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १९ आै. साधारणसभा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ब्रम्हायणी पार्टी प्यालेसमा शनिबार पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले इमानदार र सबैको कल्याण गर्ने नेतृत्व आउने अपेक्षा गर्दै सामुदायमा आधारित सहकारीले सदस्यहरुको जीवन स्तर उकास्ने, आर्थिक, साँस्कृतिक, व्यसायीक सीपमूलक कार्यक्रम गरि समाजमा रहेको विकृति विसंगति अपराधिक गतिविधि रोक्ने र पर्यटनबाट आयमूलक स्वआर्जन कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ सदस्यहरुले कसरत नगरे जाम हुने भएकोले कसरत र रमाइलो कार्यक्रम सहितको सेवा गर्न आदर निकेतन खोलेको बताउनुभयो । उहाँले ख्वप अस्पताल र कलेज खोलेर नयाँ पुस्ता तयार गरेका विदेशीको सेवा गर्न जाँदा जेष्ठ सदस्य सेवा गर्न आदर निकेतन आवश्यक भएको बताउनुभयो । उहाँले व्याजको लोभमा राखेको बचत बाहिरबाट आएको सहकारीले लगेकोले सदस्यहरु सचेत भइ सहकारीमा सकृय सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीले सीपमूलक तालिम र मल बिक्रीबाट सदस्यको हित हुने बताउँदै सवारीसाधन बढी आयात र प्रयोगले फजुल खर्च भइ रहेकोले त्यसको मर्मतको तालिम दिए रोजगारी हुने बताउनुभयो । उहाँले बचत फिर्ता नदिएको संचालकको सम्पत्ति रोक्का गरेको बताउँदै संचालकहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले संस्कारी हुने समाज बनाउन नयाँ पुस्तालाई सिकाउनु पर्ने बताउनुभयो । उहाँले सम्पत्ति ठुपार्नु भन्दा समाजको हितमा काम गरे त्यसको मुल्यांकन समाजले गर्ने बताउनुभयो । उहाँले समय सदुपयोग गरी कसैलाई अहित नहुने गरी आर्दश समाज बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ९ नं वडाध्यक्ष रविन्द्र ज्याख्वले राम्रो विउ भएमात्र फसल पनि राम्रो हुने बताउँदै सदस्यको बचत रकम हिनामिना नगरि सफल कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाँले नयाँ नेतृत्वले विगतको राम्रो कामको अनुसरण गरि सुधार गर्नुपर्ने कर्मचारी क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । उहाँले बालबालिका विद्यालय पठाउँदा जसरी हेरचाह गर्नुपर्ने हो सहकारीमा पनि हेरचाह गरि सदस्यहरुको विश्वास लिन सके झन प्रगति हुने बताउनुभयो । उहाँले जेष्ठ सदस्यहरुको अनुभवले समाज र परिवार राम्रो बन्ने जस्तै सहकारीमा पनि नयाँ पुस्तालाई अगाडि सारेर शिक्षित समाज बनाउने बताउनुभयो । उहाँले स्वार्थी हुन नहुने र सबै पैसासंग मात्र तुलना अशंबन्दा गर्दा आमाबुबालाई सम्पत्ति राखे हेर्ने नत्र नहेर्ने गरेकोमा छोराछोरीहरुलाई हुर्काउँदा भएको दुखकष्ट भुलेर जाने नयाँ पुस्तालाई संसकार सिकाउने विभिन्न देश अगाडि रहेको बताउनुभयो । उहाँले कार्यक्रम जे गरेपनि राम्रो समाज बनाउन सहकारीबाट इमानदारीपूर्वक काम गर्नुपर्ने बताउँदै साझा अभ्यास गरि सामुहिक नेतृत्वमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार कृष्ण भक्त लवजुले साहु महाजनबाट ध्युखानी कटाइ सापत लिनु पर्ने विगतबाट अहिले सहकारीबाट सरल रुपमा ऋण लिई लगानी गर्न सजिलो भएको बताउनुभयो । उहाँले संस्थापकहरु यतिको प्रगति हुने विश्वास नलिए तापनि प्रगति भएकोमा धन्यवाद दिँदै स्थापनाकालदेखि संलग्न भइ कार्य गर्न पाएको बताउनुभयो । उहाँले सहकारीले समाजको हितमा काम गर्नुपर्ने बताउँदै खर्च पनि मितव्ययी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले साधारणसभा तथा अधिवेशनको पूर्ण सफलताको कामना गर्दै नयाँ आउने नेतृत्वलाई सफलताको शुभकामना तथा बधाई दिनुभयो। उहाँले अहिले संचालक समितिमा बसेर काम गर्न सजिलो नभएको बताउँदै सहकारी ऐन कानुनले ऋणीले ऋण नतिरे संचालक समितिलाई जिम्मेवारी ठर्याउने भएकोले सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानीमा ध्यान पुर्याउनु पर्ने बताउनुभयो । उहाँले संचालक र व्यवस्थापक योग्यता निर्धारण गरेकोले नयाँ पुस्तालाई सहकारीमा ल्याइ समाजमा अगाडि सार्नुपर्ने भन्दै जग भएन भने सहकारीलाई जोगाउन गार्हो हुने बताउनुभयो । उहाँले आ.ब.२०८२/०८३ मा ३५ लाखभन्दा बढी नाफा लिन सफल भएकोमा बधाई दिदै खर्च मितव्ययी र आर्थिक अनुशासनले भएको बताउनुभयो । उहाँले सहकारीले नाफालाई मात्र नहेरी सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकासी आदर्श समाज बनाउने सहकारीको मूल नारालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सदस्यको हितमा बजेत नीति तथा कार्यक्रम बनेको छ छैन छलफल गर्न साधारणसभामा बसी छलफलमा भाग लिनुपर्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सत्यराम ज्ञामरुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सीकेशरी छुजु प्रजापतिले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिकृष्ण प्रजापतिले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत सदस्य रामकृष्ण लावजु, संचालन सदस्य राजु सिं बजिकों र प्रबन्धक गाैतम कुतुवजुले गर्नुभयो ।
छैठौं अधिवेशनबाट निम्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भयो ।अध्यक्ष रामकृष्ण लावजु, उपाध्यक्ष सत्यराम ज्ञामरु, सचिवमा तुल्सीकेशरी छुजु प्रजापति, कोषाध्यक्ष राजु बजिको, सदस्यहरु चम्पा ज्ञामरु, हरिकृष्ण प्रजापति, राजन चित्रकार, सिध्दान्त प्रजापति, तुल्सीराम प्याठ निर्वाचन भयो । लेखा सुपरिवेक्षण समितिमा संयोजक सीतालक्ष्मी कोजु, सदस्यमा अञ्जु लवजु र रमेश कैती निर्वाचित भएको छ ।
Leave a Reply