ललितपुर
ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ८ को दुर्गमगाउँ डुकुछापस्थित गणेश माविका करिब १७० वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
वीटीआई व्यवसायिक ग्रुप अन्र्तगतको कल्प फाउन्डेसनले विद्यार्थीहरुलाई शुक्रबार एक समारोहका वीच शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यार्थीहरुलाई वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, सो ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिलिपराज बराल, सो विद्यालयका प्रधानाध्याक बद्री पौडेल, वडानम्बर ८ का कार्यवहाक अध्यक्ष भिष्म धिताल लगायतले विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष रायमाझीले विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न आफूहरु सँधै तत्पर रहेको बताए ।
उनले अघिल्लो वर्ष पनि छ वटा विद्यालयलाई सहयोग गरेको स्मरण गर्दे यस्ता कार्यक्रम फेरि पनि सञ्चालन भइरहने बताए ।
वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत बरालले विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नु सबै संस्थाको दायित्व भएको चर्चा गरे ।
सो अवसरमा विद्यालयका प्रधानाध्याक बद्री पौडेलले विद्यालयलाई अझै पनि कम्प्युटर ल्यावको अवश्यक्ता रहेकोले वीटीआई तथा कल्प फाण्डेसनबाट सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रममा विद्यालयकी शिक्षिका निर्मला जिसीले स्वागत मन्तव्य राखेकी थिइन ।










Leave a Reply