नेपाल मानव अधिकार संगठन, भक्तपुरमा जेनीकिरण बासुकला नयाँ सभापति चयन

भक्तपुर

नेपाल मानव अधिकार संगठन, भक्तपुरकाे ११ आैं जिल्ला सम्मेलनले आगामी ३ वर्षकाे लागि जेनीकिरण बासुकलाकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ । उक्त नयाँ कार्यसमितिकाे उपसभापतिमा सञ्जय गसी श्रेष्ठ, सचिवमा राेहित मानन्धर, सहसचिवमा राेशन तजले, काेषाध्यक्षमा राम प्रसाद प्रजापति र सदस्यहरूमा क्रमश:राजेशमान मानन्धर, राम बैद्य, बिष्णु खड्का, राजेश भाेयद्य, साैरव बज्राचार्य, हसिना लवजु, प्रतिभा माेक्तान र धनकृष्ण प्रजापति रहेका छन् । साे संगठनका सभापति अधिवक्ता रामकृष्ण मानन्धरकाे सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथिकाे आसनबाट बाेल्नु हुँदै केन्द्रीय अध्यक्ष ईन्द्र प्रसाद अर्यालले देशमा लाेकतन्त्रकाे समृद्धि, समानता र मानव अधिकारलगायतकाे जुन उध्देश्य प्राप्तिकाे लागि स्थापना भएकाे हाे वर्तमान परिवेशसम्म आईपुग्दा पनि त्यही घनचक्करमा परिरहेकाे चर्चा गर्नुहुँदै हामी मानव अधिकारवादीहरूले कसैकाे दवावमा नपरी जीवन पर्यन्त मानव अधिकारकाे पक्षमा बाेलिरहनु पर्ने बताउनुभयाे । साेही सम्मेलनमा विशेष अतिथिहरू नेपाल मानव अधिकार संगठन, बाग्मती प्रदेशका संयाेजक राजु सिग्देल, भक्तपुर शाखाका पूर्व सभापति अधिवक्ता हरिराम लवजु, संस्थापक सभापति याेगन्द्र मान बिजुक्छें, पू्र्व सभापति एवम् सल्लाहकार बिश्वमाेहन जाेशी, पूर्व जिल्ला न्यायाधिश लाल काजी श्रेष्ठ, नेपाल बार एशाेसियशन, भक्तपुरका राम सुन्दर खाइतुलगायतले मानव अधिकार संगठनकाे ऐतिहासिक पृष्ठभूमि, मानव अधिकारकाे विषयमा वकालत गर्दै र खवरदारी गर्दै आईरहेका सङ्घर्षमय विगत, संगठनका समस्या, चुनाैती र भावी कार्यदिशाका बारेमा आफ्ना धारणाहरू राख्नुभएकाे थियाे । संगठनका सदस्य काशिराम प्रजापतिकाे सहजिकरणमा सञ्चालित उक्त कार्यक्रममा सचिव जेनीकिरण बासुकलाले प्रस्तुत गर्नुभएकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष राम प्रसाद प्रजापति (हिमाल) ले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएकाे थियाे । – राजुराम मुनंकर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *