को हुन् नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदबार घोषणा गरेकी भक्तपुरकी रश्मि ?

भक्तपुर । नेपाल जेसीजको ५३ औँ राष्ट्रिय महाधिवेशनमा भक्तपुर लेडी जेसीजकी रश्मि शिल्पकारले राष्ट्रिय अध्यक्षमा उम्मेदबार घोषणा गरेकी छिन् । शनिबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी उनले उम्मेदबार घोषणा गरेकी हुन् ।
यस वर्ष नेपाल जेसीज वर्ष–२०२६ को ५३ औँ राष्ट्रिय महाधिवेशन पौष ८ देखि १० गतेसम्म भद्रपुर जेसीजको आतिथ्यतामा मेची रङ्गशाला भद्रपुर नगरपालिका–०८ झापामा राष्टिय महाधिवेशन हुँंदैछ ।
जेसीज अभियानमा १७ वर्षदेखि सक्रिय शिल्पकारले संस्थाका विभिन्न तहमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै राष्ट्रिय अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेकी हुन् । भक्तपुर लेडी जेसीजकी शिल्पकारले सन् २०२७ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
पत्रकार सम्मेलनमा रश्मिले जसीज अनियमितता अन्त्य आफनो मुख्य मुद्धा भएको बताइन् । सन् २००९ देखि जेसीज अभियानमा आबद्ध शिल्पकारले सदस्य हुँदै शाखा अध्यक्षसम्मको जिम्मेवारी सम्हाले सकेको जानकारी गराइन् । उनले एरिया सी ट्रेनिङ कोअर्डिनेटर, नेसनल लेडी एकेडेमी डाइरेक्टर, नेसनल भाइस प्रेसिडेन्ट (एनभीपी) तथा नेसनल एक्जुकेटिभ भाइस प्रेसिडेन्ट (एनईभीपी) का रूपमा समेत काम गरिसकेकी सम्मेलनमा जानकारी गराइन् ।
जेसीजको राष्ट्रिय प्रशिक्षक तथा जेसीआई एकेडेमीसँग सम्बन्धित जिम्मेवारीमा समेत अनुभव हासिल गरेकी शिल्पकारले सिंगापुर र जापानमा आयोजित नेतृत्व तथा प्रशिक्षणसम्बन्धी कार्यक्रममा सहभागिता जनाइकी छिन् । सिंगापुरमा एरिया सी होस्ट भक्तपुर लेडी तथा एसियन एकेडेमीसँग सम्बन्धित कार्यक्रममा उनको सहभागिता रहेको थियो । साथैे जापानमा राष्ट्रिय प्रशिक्षकका रूपमा अनुभव हासिल गरेकी छिन् ।
को हुन् रश्मि ?
जेसीज अभियानसँगै स्वास्थ्य, शिक्षा, व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा समेत सक्रिय शिल्पकार भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरमा प्रमोटर, डाइटिसियन तथा मार्केटिङ म्यानेजर हुन् । उनी केटाकेटी ए कम्प्लिट किड्स फेसन कलेक्सनकी सञ्चालक, एलिभेट एकेडेमीकी प्रबन्ध निर्देशक तथा भिजन नेपालको कार्यकारी बोर्ड सदस्यसमेत हुन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा उनले वरिष्ठ एजेन्सी म्यानेजरका रूपमा पनि काम गरेकी छन् ।
भक्तपुर लेडी जेसीजले ३४ वर्षदेखि नेतृत्व विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । शिल्पकारको उम्मेदवारीले यसको नेतृत्व अनुभवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जेसीआई सञ्जालसम्म पु¥याउन सहयोग पुग्ने संस्थाको अपेक्षा छ। भक्तपुर लेडी जेसीजको ३४ वर्षे संस्थागत यात्राका बीच शिल्पकारको उम्मेदवारीलाई महिला नेतृत्वको राष्ट्रिय प्रतिनिधित्व र भक्तपुरको संस्थागत पहिचान विस्तारसँग जोडेर हेरिएको छ ।
पत्रकार सम्मेलनमा भक्तपुर जेसिजका अध्यक्ष रेमण कोजू, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेलगायतले महिलो लेडीको नेतृत्वमा आवश्यक रहेकोमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *