कात्तिक २२, काठमाडौं । राजधानीको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ । क्लब प्रांगणमा आज एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई रु. ५१ हजार राशी सहितको सम्मान अर्पण गरिएको थियो भने युवा सर्जक एवं समाजसेवी निर्मल अर्याललाई रु. २५ हजार सहित सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डाक्टर गंगा उप्रेती, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल लगायतले सम्भ समाज निर्माणमा साहित्यको ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा सम्मानित स्रष्टाद्धय त्रिपाठी र अर्यालले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानको चर्चा गर्नुभयो । सोही अवसरमा क्लब प्रांगणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू सहित सर्वसाधारणबाट माल्र्यापण गरिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले क्लबले जानकारी दिनुभयो । कार्यक्रमा संविधान सभा सदस्य रामेश्वर फुयाल, गोकर्णश्वोर नगरपालिका-५ का अध्यक्ष एवं नगर प्रवक्ता नारायणबहादुर सुवेदी,वडा-६ का अध्यक्ष नवराज लामा लगायतको उपस्थिति थियो भने सोही अवसरमा महाकविमा केन्द्रित कविता पनि वाचन गरिएको थियो । मुलुककै एक क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकूद, स्वास्थ्य लगायतका विधामा लामो समयअघि देखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबको साधारण सभा पनि आजै सम्पन्न गरिएको सचिव रामचन्द्र दंगालले बताउनुभयो ।
१ सय १८ औं देवकोटा जयन्ती एवं नयाँ वस्ती युवा क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याललाई सम्मान












Leave a Reply