बिनायक शिक्षा निकेतन इङ्गलिस से स्कुलमा आज प्रतियोगिता भन्य र सभ्य रुपमा सम्पन्न भयो।उक्त प्रतियोगितामा करिव ७० जना विद्यार्थीले भाग लिएका थिए। कक्षा ५,६,७ र ८,९,१० समुहमा बिभाजन गरि संचालन गरेको सो प्रतियोगिताको शिर्षक “बालबालिकाको स्वास्थ्यमा पत्रु खानाको असर “तथा Impacts of AI on students थियो। प्रतियोगितामा जुनियर तर्फबाट प्रथम कक्षा ६ कि एभिलिन श्रेष्ठ, दोस्रो कक्षा ७ शान्ता कुमारी शाह, र तृतीय कक्षा ५ कि युनिका राई हुन सफल भएका थिए।त्येस्तै सिनियर तर्फबाट सागर दुलाल कक्षा ९ प्रथम ,नायरा प्रजापती कक्षा ८ दोस्रो ,निलिसा बज्राचार्य कक्षा ८ तृतीय, तथा रिजन प्रजापती ९ ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए। कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र बिक्रम प्रजापती ज्युले बिजेता भाइबहिनीहरुलाइ पुरस्कार बितरण गरि यसरी निरन्तर बिद्यालयले गर्ने हरेक अतिरिक्त क्रियाकलापमा सहभागी भै आ आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गरे भबिस्यमा असल नागरिक बन्न कसैले रोक्न सक्दैन भन्दै बिद्यार्थी भाइबहिनीहरु हौसला प्रदान गर्नु भयो।
बिनायकमा वकृत्वकला प्रतियोगिता












Leave a Reply